नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्ध परेको रिटमा सुनुवाई सुरु भएको छ। सर्वोच्चका कामु प्रधान न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा सरकारी वकिलहरुले बहस सुरु भएका हुन् । आईजीपी धिरजप्रताप सिंहको तर्फबाट सहन्यायाधिवक्ता सोमकान्त भण्डारीले बहस सुरु गरेका हुन् । आईजीपी नियुक्तिमा असन्तुष्टि जनाउँदै एआईजी विश्वराज पोखरेलले दायर गरेको रिटमा तेस्रो पटक सुनुवाई भइरहेको हो। यसअघि यो मुद्दामा जेठ ३० र असार ५ मा सुनुवाई भएर सोमबारका लागि हेर्दाहर्दैमा पेशी तोकिएको थ