पछिल्लो साता बैंकहरुको तरलता (लगानीयोग्य पुँजी) वृद्धि भएको छ । चैत १८ गतेदेखि २५ गतेसम्मको अवधिमा २७ वटा वाणिज्य बैंकहरुले तीन अर्बले निक्षेप वृद्धि गर्दै कुल ४३ खर्ब ३४ अर्ब रुपैयाँ संकलन गर्न सफल भएका हुन् । यस्तो निक्षेप अघिल्लो हप्ता अर्थात् चैत ११ गतेदेखि १८ गतेसम्म बैंकहरुले एक अर्बले बढाउँदै कुल ४३ खर्ब ३१ अर्ब संकलन गरेका थिए । तर, पछिल्लो हप्ता तीन अर्बले निक्षेप बढ्दै गर्दा तरलता वृद्धिको केही शुभ संकेत देखा परेको हो । यस्तै, समीक्षा अवधिमा २७ वटै वाणिज्य बैंकहरुले कर्जा लगा