सप्तरीको टापु भनेर चिनिने गोबरगाढा बस्तीमा सप्तकोसी नदीको बाढी पस्दा ७५ परिवार विस्थापित भएका छन् । बस्तीमा करिब तीन फिटसम्म बाढी पसेपछि प्रहरीको सहयोगमा ती परिवारलाई उद्धार गरी उच्च स्थानमा रहेको राष्ट्रिय आधारभूत प्राथमिक विद्यालयमा राखेको बताइएको छ ।
लगातार तीन दिनदेखि परेको अविरल वर्षाले सप्तकोसी नदीमा पानीको बहाव बढेसँगै हनुमाननगर कङ्कालिनी नगरपालिका-१३, गोबरगाढाका ७५ परिवारलाई डुङ्गामा राखेर सुरक्षित स्थानमा राखिएको वडा अध्यक्ष विन्देश्वर यादवले जानकारी दिनुभयो ।