कृषि तथा पशुपन्छी विकास मन्त्रालय बागमती प्रदेशले निर्माण गरिरहेका १० वटा शीत भण्डारमध्ये आठवटा भदौको पहिलो सातादेखि सञ्चालनमा आउने भएका छन् । उक्त शीत भण्डारमध्ये दुई महिनादेखि एउटा सञ्चालन भइसकेको र आठ वटाको भौतिक निर्माण कार्य सम्पन्न भई मेसिन जडान कार्य भइरहेका कारण अब भदौ पहिलो सातामा नै सञ्चालनमा ल्याइने बताइएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा सरोज पाण्डेका अनुसार सरकारले रु ९७ करोड ८३ लाख ६३ हजार लागतमा प्रदेशका १० वटा शीत भण्डार निर्माण सुरु भएको र अब नुवाकोटका दुईब