जुम्लामा बिजुली नहुँदा अक्सिजन उत्पादनमा सकस

जुम्लामा बिजुली नहुँदा अक्सिजन उत्पादनमा समस्या भइरहेको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा अक्सिजन उत्पादनका लागि प्लान्ट स्थापना भए पनि बिजुली नहुँदा अक्सिजन उत्पादन गरेर सिलिण्डर भर्न नसकिएको हो। तर प्लान्टबाट सिँधै १ सय ५० ...

सम्बन्धित सामग्री

स्याङ्जा अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन

जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । बिजुली नहुँदा जडान भएर पनि जिल्ला अस्पतालमा लामो समयदेखि अक्सिजन प्लान्ट सञ्चालनमा आउन सकेको थिएन ।  कोरोना भाइरसको सङ्क्रमणका समयमा अक्सिजन प्लान्टको महशुस गरी गत असारमा सो प्लान्ट स्थापना गरिएको हो ।विद्युतको समस्याले त्यसयता प्लान्ट सञ्चालन गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए। “झण्डै सात÷आठ महिनासम्म प्लान्ट प्रयोगविहीन अवस्थामा रह्यो”, उनले भने, “नेपाल विद्युत प्राधिकरणसँगको समन्वय

बजेटमा राहत प्याकेज

काठमाडौं । शनिवार सार्वजनिक गरिएको आव २०७८/७९ को बजेट वक्तव्यमार्फत सरकारले कोभिड महामारीका कारण प्रभावित अर्थतन्त्रलाई चलायमान बनाउन राहत, सहुलियत र आर्थिक पुनरुत्थानका कार्यक्रम ल्याएको छ । मासिक २० हजार लिटरसम्मको खानेपानीको महसुल यसै महीनादेखि काठमाडौं उपत्यका खानेपानी लिमिटेड र स्थानीय तहले निःशुल्क उपलब्ध गराउने व्यवस्था बजेटले गरेको छ । यसैगरी निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कम्पनीबाट विक्री हुने चामल, पिठो, दाल, नुन, खानेतेल, चिनी तथा खाना पकाउने ग्यासको विक्री मूल्यमा २० प्रतिशत छूट दिने, साझेदारी, सहलगानीलगायत सबै प्रकारका खानेपानी तथा सिँचाइ उपभोक्ता समितिले तिर्नुपर्ने विद्युत्को डिमान्ड शुल्क पूर्ण छूट दिने, मासिक २० युनिटसम्म बिजुली खपत गर्नेलाई शतप्रतिशत छूट, १५० युनिटसम्म खपत गर्नेलाई ५० प्रतिशत र त्यसभन्दा माथि ३० प्रतिशतसम्म छूट दिने अर्थमन्त्री विष्णु पौडेलले बताए । उत्पादनमूलक उद्योग, होटेल तथा चलचित्र उद्योगलाई निषेधाज्ञा अवधिभरको विद्युत् डिमान्ड शुल्क छूट दिने, कोभिड प्रभावित होटेल, ट्राभल, ट्रेकिङलगायत पर्यटन व्यवसाय, सार्वजनिक यातायात, हवाई सेवा, चलचित्र उद्योगलगायत व्यवसायले आगामी आर्थिक वर्षमा तिर्नुपर्ने इजाजत तथा नवीकरण दस्तुर छूट दिई स्वतः नवीकरण हुने व्यवस्था बजेटमार्फत गरिएको छ । दूध, तरकारी, फलफूल, माछा, मासुलगायत नाशवान् उपभोग्य वस्तुको उत्पादनस्थलदेखि नजीकको बजार केन्द्रसम्म सहज आपूर्ति गर्न लाग्ने ढुवानी भाडामा २५ प्रतिशत अनुदान उपलव्ध गराउने व्यवस्था बजेटले गरेको छ । सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिक र रोजगारदाताको जेठ र असारको योगदान रकम सरकारले बेहोर्ने, सरकारी स्वामित्वका भवन तथा जग्गा भाडामा लिएकालाई निषेधाज्ञा अवधिभर ५० प्रतिशत भाडा छूट, कोभिड प्रभावित व्यवसायलाई पुनर्कर्जा सुविधामा निरन्तरता, साना तथा घरेलु उद्योगमा सहुलियतपूर्ण कर्जाको सीमा विस्तार, युवा उद्यमीलाई स्टार्टअप व्यवसायमा संलग्न हुन चाहनेलाई नीतिगत सहजीकरण गर्ने अर्थमन्त्री पौडेलले बताए । नेपाल भ्रमण गर्ने विदेशी पर्यटकलाई १ महीना अवधिको पर्यटकीय भिसा निःशुल्क दिने व्यवस्था बजेटमा गरिएको छ । अक्सिजन उद्योग स्थापना गर्न आवश्यक पर्ने उपकरण आयात गर्दा लाग्ने भन्सार तथा मूल्य अभिवृद्धि कर पूरै छूट दिने निर्णय सरकारले बजेटमार्पmत गरेको छ । यसैगरी कोभिड महामारी अवधिभर अक्सिजन उत्पादन गर्दा लाग्ने विद्युत् महसुलमा ५० प्रतिशत छूट दिने निर्णय गरिएको छ । बजेटमार्फत आईसीयू, एचसीयू, एचडीयू, भेन्टिलेटर, टेस्ट किट्स खरीदका लागि ४ अर्ब, खोप व्यवस्थापनका लागि २६ अर्ब ७५ करोड र कोभिड रोकथाम, नियन्त्रण र उपचारका लागि ३७ अर्ब ५३ करोड विनियोजन गरिएको अर्थमन्त्री पौडेलले जानकारी दिए ।

जव बिजुली जान्छ, बिरामी छटपटिन थाल्छन्

सिन्धुली । सिन्धुलीको कोभिड १९ अस्पतालमा अक्सिजन प्लान्ट निर्माण भएको छ । अस्पतालले कोभिड १९ संक्रमित भएका विरामीहरुलाई सोहि प्लान्टबाट अक्सिजन सप्लाई गरेर उपचार गरिरहेको छ तर जब लाईन जान्छ, कृतिम अक्सिजन लिएर स्वास फेरिरहेका विरामी छटपटिन थाल्छन । लाईन गएसँगै उर्जाको बैकल्पिक व्यवस्था नहुँदा समस्या परिरहेको कोभिड १९ अस्पतालले जनाएको छ । ‘जब लाईन […] The post जव बिजुली जान्छ, बिरामी छटपटिन थाल्छन् appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

अस्पताल र अक्सिजन उद्योगलाई २४ घन्टा बिजुली

अस्पताल र अक्सिजन उद्योगहरूको विद्युत् प्रसारण तथा वितरण हुने सम्पूर्ण फिडरलाई अधिकतम सतर्कको सूचीमा वर्गीकृत गरिएको छ। साथै अस्पताल र अक्सिजन उद्योगको संवेदनशीलतालाई ख्याल गर्दै निर्वाध विद्युत् आपूर्तिका लागि वैकल्पिक फिडरसमेत तयार गरिएको प्राधिकरणले जनाएको छ।

यसरी भइरहेको छ गण्डकीमा अक्सिजन उत्पादन (भिडिओ)

‘अक्सिजन उत्पादन गर्दागर्दै लाइन गएपछि बन्द हुन्छ, फेरि लाइन आएर मेसिन तताउँदा ढिला हुन्छ,' उनले सेतोपाटीसँग भने, ‘यस्तो महामारीमा सरकारले अक्सिजन उद्योगलाई नियमित बिजुली दिन सक्नुपर्छ।’

अक्सिजन उद्योगलाई २४ घन्टै बिजुली दिन निर्देशन

काठमाडौं। कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले अक्सिजन उत्पादन गर्ने उद्योगलाई २४ घन्टै बिजुली दिने निर्देशन दिएको छ। कोभिडका बिरामी बढेपछि अक्सिजन अभाव हुँदा सीसीएमसीले विद्युत प्राधिकरणलाई यस्तो निर्देशन दिएको हो। निर्देशनअनुसार उद्योग आसपास बिजुली बिग्रिएको अवस्थामा तत्काल बनाउन सक्नेगरी टिम तयारी अवस्थामा राख्नुपर्ने छ। यसैगरी कुनै पनि बाहानामा उद्योगको बिजुली काट्न मिल्नेछैन।

अक्सिजन उद्योगलाई २४ घन्टै बिजुली दिन निर्देशन

काठमाडौं। कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले अक्सिजन उत्पादन गर्ने उद्योगलाई २४ घन्टै बिजुली दिने निर्देशन दिएको छ। कोभिडका बिरामी बढेपछि अक्सिजन अभाव हुँदा सीसीएमसीले विद्युत प्राधिकरणलाई यस्तो निर्देशन दिएको हो। निर्देशनअनुसार उद्योग आसपास बिजुली बिग्रिएको अवस्थामा तत्काल बनाउन सक्नेगरी टिम तयारी अवस्थामा राख्नुपर्ने छ। यसैगरी कुनै पनि बाहानामा उद्योगको बिजुली काट्न मिल्नेछैन।

दाङको अक्सिजन उद्योग फेरि सञ्चालनमा ल्याइने

दाङ। विद्युत अभावमा बन्द भएको दाङको अक्सिजन उद्योग फेरि सञ्चालनमा ल्याइने भएको छ। उक्त उद्योगलाई चाहिने बिजुली चौबिसै घण्टा वितरण गर्न छुट्टै लाइन जोडिनेछ। कोरोना संक्रमणको दोस्रो लहरसँगै अक्सिजनको माग बढेपछि उद्योगलाई फेरि सञ्चालनमा ल्याइने भएको हो। ६ वर्ष पहिला स्थापना भएको उद्योग विद्युत नपाएपछि बन्द भएको थियो।