जव बिजुली जान्छ, बिरामी छटपटिन थाल्छन्

सिन्धुली । सिन्धुलीको कोभिड १९ अस्पतालमा अक्सिजन प्लान्ट निर्माण भएको छ । अस्पतालले कोभिड १९ संक्रमित भएका विरामीहरुलाई सोहि प्लान्टबाट अक्सिजन सप्लाई गरेर उपचार गरिरहेको छ तर जब लाईन जान्छ, कृतिम अक्सिजन लिएर स्वास फेरिरहेका विरामी छटपटिन थाल्छन । लाईन गएसँगै उर्जाको बैकल्पिक व्यवस्था नहुँदा समस्या परिरहेको कोभिड १९ अस्पतालले जनाएको छ । ‘जब लाईन […] The post जव बिजुली जान्छ, बिरामी छटपटिन थाल्छन् appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

जाजरकाेटमा अरिङ्गालले चिलेर दिदीबहिनीकाे ज्यान गयाे

जाजरकोट - जाजरकाेटकाे कुशे गाउँपालिका–१ धाउनीमा अरिङ्गालले चिलेर दुई जना बालिकाको ज्यान गएकाे छ । ज्यान गुमाउनेमा वीरबहादुर सिंहका दुई छाेरीहरु ९ महिनाकी निर्जला सिंह र तीन वर्षीया सुस्मिता  सिंह रहेका छन् ।  सुस्मिताकाे आइतवार बेलुकी र निर्जलाकाे उपचारका लागि अस्पताल लैजाँदै गर्दा हिजाे साेमवार ज्यान गएकाे टालेगाउँ स्वास्थ्यचौकीका प्रमुख शेरबहादुर बस्नेतले जानकारी दिनुभयाे ।  बालिकाको साथमा रहेकी हजुरआमा बिजुली सिंहसमेत अरिङ्गालले चिलेर बिरामी हुनु...

यस्तै रहेछ यहाँको चलन

देशमा धेरै दलको गठबन्धनको सरकार छ, मन्त्री थपिएका थपियै छन् । तर पनि सरकार पूर्ण छैन । देश बिरामी छ तर वैद्यखानामा ओखतीको चूर्ण छैन । सरकारमा पुग्नेहरू धेरैजसो सडेका छन् । त्यसैले त जनताका गुनासा पनि दिनप्रतिदिन बढेका छन् ।  धारा छन्, त्यसमा पानी छैन । ह्यान्डपम्प छन् । तर ती चल्दैनन् । बिजुलीपम्प पनि छन् । तर बिजुली छैन । विभाग छन् । काम गर्दैनन् । फोन लगायो, लाग्दैन । लाग्यो, उठ्दैन । हाकिमहरू छन् । तर छुट्टीमा छन् । सहायक छन् । तर उनलाई थाहा छैन । गुनासो गरौं, सुन्ने कोही छैन । आवेदन दिइएको थियो । तर स्वीकृत भएन । रिपोर्ट लेखाइएको थियो । तर त्यसबाट केही भएन । योजना स्वीकृत भयो, तर बजेट स्वीकृत भएन । बजेट स्वीकृत भयो, तर पैसा स्वीकृत भएन । पदहरू छन् । तर हिजोआज खाली छन्, न्यायालयदेखि औषधालय वा विश्वविद्यालयसम्म । भरिएका ठाउँमा धेरैजसो जाली मात्रै छन् । पद बहाली भएका ठाउँमा दलका झोलेहरूकै हालीमुहाली छ । योग्य र जी हजुरी गर्न नजान्ने कर्मचारी सरुवा हुन्छन् । मन्त्री ठीक छन्, सचिव ठीक छैनन् । सचिव ठीक छन्, मन्त्री बेठीक छन् । दुवै ठीक भए मातहतका कर्मचारी ठीक छैनन् । मातहतका कर्मचारी ठीक भए हाकिम ठीक छैनन् । सबै ठीक भए माथिबाट आदेश आउँदैन । आदेश आयो भने सोध्छन् ‘यो काम गरेर हाम्लाई के फाइदा रु’ फाइल टेबलमै हुन्छ तर हस्ताक्षर हुँदैन । फाइल सदर गराउन धाउँदा धाउँदा हाकिम बल्लतल्ल मञ्जुर हुन्छन् । तर तबसम्म उनको त्यहाँबाट अर्को विभागमा सरुवा भैसकेको हुन्छ । बल्ल कुरा बुझ्ने अनुभवी खास हुन्छन्, त्यतिबेलासम्म उनीहरू अवकाश हुन्छन् । मेशिनै छैन, टेक्निसियन छन् । मेशिन आउँछ, चलाउन जान्ने हुन्नन् । किनकि मेशिन चलाउन होइन, कमिशन तह लाउन किनिएको हुन्छ । त्यसको पनि रेट हुन्छ, जुन बजेट बनाउने बेलामै सेट हुन्छ । अन्तमा मेशिन बिग्रन्छ । अनि फेरि अर्को मेशिन किन्ने प्रक्रिया शुरू हुन्छ ।  उद्योग त छन्, तर कामदार छैनन् । कामदार पाइयो भने बिजुली पाइँदैन । बिजुली आयो भने तार खराब हुन्छन् या स्विचले काम गर्दैन । जसोतसो उत्पादन हुन्छ, विक्री हुन्न । जसको माग छ, त्यसको आपूर्ति छैन । जसको आपूर्ति छ, त्यसको माग छैन । माग पनि भयो, सामान सप्लाई पनि भयो पेमेन्ट आउँदैन । इमेल लेख्यो वा फोन गर्‍यो जवाफ आउँदैन । अफिसमा भेट्न पठायो भेट पाइँदैन । गुनासो गरौं, तर कोही सुन्नेवाला कुनै निकाय छैनन् ।  यात्री लाइनमा छन्, टिकट पाइन्न । टिकट पाइयो भने सिट पाइँदैन । सवारी पाए पनि समयमा चल्दैन । सेवाका लागि अनलाइन छ, साइट खुल्दैन । साइट खुल्छ अनलाइनको टाइम हुन्न । प्रिन्टर हुन्छ, कार्ड हुन्न । कार्ड आउँछ प्रिन्टर हुन्न । जब दुवै हुन्छ, सर्भर डाउन हुन्छ ।  कर्मचारी कर्मचारी जस्ता छैनन्, मन्त्री मन्त्री जस्ता छैनन् । सरकारहरू सरकारजस्ता छैनन् । नेता छन् । नेतृत्व छैन । तैपनि भेट्न खोज्यो पाइन्न । भेट्यो सुन्दैनन् । सुने पनि मनमा केही गुन्दैनन् । शिलान्यास हुन्छ । अब केही होला कि भन्ने आश हुन्छ । तर निर्माण हुँदैन । केही निर्माण पनि हुन्छन् । तर प्रयोग नभई थोत्रिन्छन् । देशैभरि स्कूल छन्, तर किताब छैनन् । कलेज पनि छन् । तर त्यहाँ भनेजस्तो नलेज पाइन्न । राम्रामा सजिलै भर्ना गर्न ठाम पाइन्न । नराम्रामा पढेर काम पाइन्न । जसोतसो प्रमाणपत्र हात पर्छ, तर जागीर हात पर्दैन ।  खबर भनेर विश्वास गर्‍यो, अफवाह निक्लन्छन् । अफवाह ठान्यो खबर पो हुन्छ । अपराध हुन्छन्, अपराधी पत्ता लाग्दैनन् । पत्ता लाग्यो भने पनि प्रमाणित हुँदैनन् । प्रमाणित भए पनि सजिलै छुट्छन् । कृषकले खोजेको मल बजारमै आउँदैन । आयो भने पनि धेरैले पाउँदैनन् । किसानले बीउ पाउँदैनन्, पाएको बीउमा दाना लाग्दैनन् । दाना लागेछ भने पनि बेच्न बजार छैन । बेच्न पायो नाफा छैन । कृषिमा अनुदान छ, तर किसानले पाउँदैनन् । अनुदान पाउनेले खेतीकिसानी नै गर्दैनन् । हिजोआज देशमा चलचित्र धेरै बन्छन्, तर चल्दैनन् । प्रोड्युसरले दर्शक बुझ्दैनन्, दर्शकले चलचित्र बुझ्दैनन् ।  उद्योग गर्न ऋणका लागि बैंक धायो । ऋण मिलाइदिनेलाई कमिशन खिलायो । ताकेता गर्दा गर्दा जब पू्ँजी जुट्छ, त्यतिबेलासम्म सबै थोकको बढेको भाउले उद्यमीको पसिना छुट्छ । त्यति लामो समय कुरेर उद्योग गर्न योग्य रहन्न । अझ उद्योग खोल्न भन्दा जग्गा खोज्न महाभारत । बेच्नु छ, तर खरीदकर्ता भेटिन्नन् । किन्न मन छ, तर धेरै महँगो धन छ ।  मानिस त छन् । तर मनुष्यता रहेन । देश आफ्नै हो, तर देश चलाउनेहरू आफ्ना रहेनन् । त्यसैले देश त छ, तर देशमा बस्नेहरू नरहने भए । बस्न चाहनेहरू देशमा टिक्न नसक्ने भए । योग्यहरू बिक्न नसक्ने भए ।   एउटालाई बनाउन हतार छ, अर्कोलाई बिगार्न । एउटालाई टाल्न हतार छ, अर्कोलाई भत्काउन । खै के भएको हो, के नभएको हो । कस्तो अचम्मको देश बनाएको हो रु के के कता कता जेलिएको, को कता किन होला अल्झिएको रु न छेउको भेउ, न टुप्पो । तपाईं पनि यो भएन र त्यो भएन भनिरहनु हुन्छ नि, हैन रु तर हजुर ⁄ धेरै थोक पो छन् त देशमा । तपाईंहरूलाई थाहा छैन र रु देशमा कुराहरू हुन्छन् नै यसकारण कि त्यसमा ती कुरा हुँदैनन्, जसका लागि ती बनेका वा बनाइएका हुन्छन् । यस्तै त छ यहाँको चलन । बुझ्नुभो नि ?

भक्तपुरमा भीषण आगलागी, एकजनाको मृत्यु एक घाइते

भक्तपुर :  भक्तपुरको कुण्डोलमा भिषण आगलागी हुँदा १ जनाको मृत्यु भएको छ। एकजना घाइते भएका छन्। मध्यपुर ठिमीको कुण्डोलस्थित आत्माराम खत्री र हरिशरण खत्रीको घरमा आगलागी हुँदा आत्मारामकी २७ वर्षीय छोरी अस्मिता खत्रीको मृत्यु भक्तपुर प्रहरीले जनाएको छ। अस्मिता मानसिक रोगी भएको र हाल प्यारालाइसिसको बिरामी भएको जनाइएको छ।      बिजुली सर्ट भएर आगलागी भएको स्थानीयले बताएका छन्। भक्तपुर नगरपालिका र मध्यपुर नगरपालिकाका दुई वटा दमकलले आगो निभाएको  मध्यपुर नगरपालिकाकाका उप्

जहाँ हिउँ साँधेर खाने र हिउँको पानीले बालबालिकालाई नुहाइदिने चलन छ

अहिले देशभरि सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्का वर्षा भइरहेको र उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।बुधवार दिउँसो पनि सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्‌ गङ्गा नगरकोटीले बताइन्।त्यसैगरी उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण अहिले वर्षा र हिमपात भएको नगरकोटीले बताइन्। उनी भन्छिन्, 'हिउँदमा यसरी पानी पर्नु सामान्य नै हो।'सुधार कहिलेबाट?बुधवार बिहान ८ बजेसम्म सबैभन्दा बढी गोरखाको बारपाकमा पानी परेको मापन गरिएको छ। त्यहाँ २९.४ मिलिमिटर पानी परेको छ।त्यसैगरी मनाङको हुन्डेमा २७.५ मिलिमिटर, चितवनमा २५.८ मिलिमिटर र लमजुङ २४.६ मिलिमिटर वर्षा मापन गरिएको मौसमविद्‌ नगरकोटीले बताइन्।'भोलिबाट नेपालको पश्चिमी भूभागबाट मौसममा क्रमिक रूपमा सुधार हुँदै जानेछ,' उनले भनिन्।मौसमी प्रणालीको दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिनका लागि आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।हिउँ साँधेर खाने चलनजुम्लालगायत कतिपय हिमाली जिल्लामा हिउँ परेर रोकिएको भोलिपल्ट घाम लाग्दा घरनजिक वा टाढाबाट हिउँ ल्याई साँधेर खाने चलन रहिआएको छ।जुम्लाकी भगवती आचार्यले भनिन्, 'हिउँमा नुन, खुर्सानी, चुक तथा अमिलो पदार्थ र चिनी मिलाएर राख्ने अनि घाम लागेका बेला घाममा बसेर घरपिरवार तथा साथीभाइ मिलेर खाने चलन छ।'अहिलेभन्दा पनि फागुन-चैतमा घरदेखि टाढासम्म गएर पनि हिउँ ल्याउने र साँधेर खाने चलन रहेको उनले बताइन्।त्यति मात्रै नभई यहाँ परेको हिउँ हवाईजहाजमार्फत् नेपालगन्ज, सुर्खेत तथा काठमाण्डूसम्म पुर्‍याउने गरेको पनि जुम्लाका अर्का स्थानीय बासिन्दा देवेन्द्रराज गिरी बताउँछन्।उनले भने, 'कसैकसैले बेच्ने गरेको पनि मैले देखेको छु। तर नेपालगन्जमा रहेका मेरा आफन्तहरूले धेरै पटक हिउँ मगाएका पनि छन्।'त्यहाँ पुर्‍याएको हिउँ आफन्तका साथै अन्य मानिसले साँधेर खाँदा कतिपय आश्चर्यजनक ढङ्गले हेर्ने र सोध्ने गरेको उनले बताए।जुम्लामा हिउँ परेपछि खाने मात्रै नभई बालबालिकालाई हिउँको पानीले नुहाउने चलन पनि रहेको स्थानीयवासी जानकी शाहीले बताइन्।'चैत-वैशाखमा बच्चाहरूलाई गर्मी नलागोस् र बिरामी नपरून् भनेर अग्ला डाँडामा गएर हिउँ ल्याउने र त्यहीँ हिउँ पग्लेको पानीले नुहाउने चलन अहिले पनि रहिआएको छ,'उनले भनिन्।गर्मी महिनामा बालबालिकालाई शीतल बनाउन नुहाउने गरेको उनी बताउँछिन्।हिउँ पर्दा के-के गरिन्छ?हिमाली जिल्लाहरू हुम्ला, जुम्ला डोल्पा, मुगु र कालिकोटमा हिउँ परेको समयमा विशेषगरी मकै, सिमी, भट्मास, गुराँस, गहतलगायत गेडागुडीको तथा सखीको खुट्टाको झोल बनाएर खाने चलन रहेको यहाँका स्थानीयवासी बताउँछन्।चिसोको समयमा घरभित्रै बसेर आगो ताप्ने र गेडागुडी पकाएर खाने चलन पहिलादेखि नै रहिआएको जुम्लाकी ६८ वर्षीया बिजुली उपाध्यायले बताइन्।मंसिरदेखि फागुनसम्म हिमाली जिल्लामा हिउँ पर्ने भएर आफूहरूले पहिलादेखि नै हिउँदमा आगो बाल्नका लागि दाउरा अनि खानका लागि तरकारी तथा पिठो र चामल सबै जम्मा गरेर राख्ने चलन रहिआएको उनले बताइन्।उनका अनुसार हिउँ परेको समयमा महिलाहरूले घरभित्रै बसेर सिरक तक्ने, भेडाको ऊन छान्ने, पोते उन्ने, स्वेटर बुन्ने र बालबालिका तथा ज्येष्ठ नागरिकका लागि तातोतातो खाने कुरा बनाएर समय समयमा खाने गर्छन्।हिउँ परेको समयमा लोककथाहरू सुनाउने रमाइलो गर्ने चलन रहिआएको उनी बताउँछिन्।यो समयमा रात पनि लामो हुने भएकाले यसो गर्नाले समय बिताउन सजिलो हुने गरेको उनको अनुभव छ।जुम्लाकी अर्की स्थानीय बासिन्दा मनिषा शाही भन्छिन्, 'आमा र बज्यैहरूले हिउँसम्बन्धी भनेका कथा र उखानहरू सुन्दा निकै आनन्द लाग्छ।'यति बेला विशेषगरी ज्येष्ठ नागरिकलाई उखान भन्ने गरिएको उनले बताइन्।उनले भनिन्, 'हिउँ पर्‍यो पुस, बूढाबूढी रुस, हिउँ पर्‍यो माघ, बूढाबूढी भाग। हिउँ पर्‍यो बान्ना बच्चाबच्ची तान्ना जस्ता उखान एकअर्कालाई भन्ने र रमाइलो गर्ने गर्छन्।'हिउँ परेको समयमा जुम्लाका किसानहरू स्याउ, आरु, ओखरलगायत फलफूल खेतीमा सिँचाइ गर्नका लागि हिउँ सङ्कलन गर्ने गर्दै आएका छन्।अहिलेको हिउँले जौ, गहुँ, उवालगातय बालीको उत्पादन राम्रो हुने भएकाले आफूहरूले हिउँ सङ्कलन गरेर राख्ने गरेको जुम्लाकी अर्की किसान भगवती आचार्य बताउँछिन्।-बिबिसीबाट

आर्थिक वर्ष २०७८/७९ : अध्यादेशबाट आयो रू. १६ खर्ब ४७ अर्बको बजेट

काठमाडौं  । प्रतिनिधिसभा विघटन गरेको कामचलाउ सरकारले अध्यादेशमार्पmत आगामी आर्थिक वर्ष (आव) २०७८/७९ का लागि रू. १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक गरेको छ । यो गत आवको विनियोजनको तुलनामा ११ दशमलव ७ प्रतिशतले बढी हो । अध्यादेशमार्फत पूर्ण बजेट नल्याउन धेरैले माग गरे पनि त्यसको बेबास्ता गर्दै सरकारले आगामी वर्ष ६ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त हुने अनुमानका साथ पूर्ण आकारको बजेट ल्याएको छ । गत आवको तुलनामा डेढ खर्बभन्दा रकम बढाएर संसद् नभएका बेलामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट शनिवार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक गरेको नयाँ बजेटमा कोरोनाबाट शिथिल बनेको अर्थतन्त्रलाई पुनरुत्थान गर्ने कार्यक्रमहरू समेटिएका छन् । सरकारले घोषणा गरेको चुनावका लागि मतदातालाई प्रभाव पार्ने लोक रिझ्याइँका कार्यक्रमहरू समेत राखिएका छन् । नयाँ बजेटमा कुल बजेटमध्ये चालूतर्फ १० खर्ब ४ अर्ब विनियोजन गरिएको छ  । यसमध्ये रू. ६ खर्ब ७८ अर्ब संघीय सरकारले खर्च गर्ने छ भने बाँकी ३ खर्ब २५ अर्ब प्रदेश तथा स्थानीय तहलाई वित्तीय हस्तान्तरणका रूपमा जानेछ । त्यस्तै, पूँजीगततर्फ सरकारले ४ खर्ब ३५ अर्ब विनियोजन गरेको छ । यसमध्ये संघीय सरकारले ३ खर्ब ७४ अर्ब खर्च गर्नेछ, बाँकी ६० अर्ब ९७ करोड प्रदेश तथा स्थानीय तहलाई वित्तीय हस्तान्तरणमार्फत जानेछ । त्यस्तै, वित्तीय व्यवस्थापनतर्पm २ खर्ब ७ अर्ब ९७ करोड विनियोजन गरिएको छ । खर्चको स्रोत व्यवस्थापनतर्फ आगामी वर्ष राजस्वबाट रू. १० खर्ब २४ अर्ब ९० करोड उठाउने लक्ष्य राखिएको छ । त्यस्तै वैदेशिक अनुदानबाट रू. ६३ अर्ब ३७ करोड उठाउने सरकारको लक्ष्य छ । न्यून हुन आउने रकम ५ खर्ब ५९ अर्ब ३० करोड रुपैयाँमध्ये वैदेशिक ऋणबाट ३ खर्ब ९ अर्ब २९ करोड र आन्तरिक ऋण २ खर्ब ५० अर्ब उठाउने सरकारको लक्ष्य छ । कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचारका लागि परीक्षणको दायरा विस्तार, उपचारको व्यवस्था, स्वास्थ्य उपकरण तथा सामग्रीको आपूर्ति, निःशुल्क खोपको सुनिश्चितता, स्वास्थ्य पूर्वाधार विकास र चिकित्सक एवं स्वास्थ्यकर्मीहरूको प्रभावकारी परिचालन, कोभिडबाट प्रभावित परिवारलाई राहत, निजीक्षेत्रलाई प्रोत्साहन, सहुलियत र पुनरुत्थानका माध्यमबाट आर्थिक गतिविधि विस्तारलाई सरकारले पहिलो प्राथमिकतामा राखेको छ । कोभिड–१९ विरुद्धको खोप किन्न रू. २६ अर्ब ७५ करोड विनियोजन गरिएको छ भने कोभिडबाट बिरामी परेकाको उपचारका लागि ३७ अर्ब ५३ करोड रुपैयाँ छुट्ट्याइएको छ । १ सय बेड भएका अस्पतालमा अनिवार्य रूपमा आप्mनै अक्सिजन प्लान्ट लगाउनुपर्ने र कोभिडको परीक्षण र उपचार निःशुल्क गर्ने बजेटमा उल्लेख छ । त्यस्तै, श्रम बजारमा प्रवेश गर्ने तथा रोजगारी गुमाएका श्रमिकलाई काम र रोजगारीको सुनिश्चितता, कृषि उत्पादन एवं उत्पादकत्व अभिवृद्धि र खाद्य सुरक्षाको प्रत्याभूति, तीव्र औद्योगिकीकरण र शीघ्र प्रतिफल प्राप्त हुने रणनीतिक महत्त्वका पूर्वाधार निर्माणलाई बजेटमा प्राथमिकता दिइएको छ । विवादित प्रधानमन्त्री रोजगार कार्यक्रमलाई गतवर्षको भन्दा बढी बजेट छुट्ट्याएर निरन्तरता दिएको छ तर कतिपय बहुचर्चित कार्यक्रमलाई सरकारले बजेटमार्फत खारेज नै गरिदिएको छ । सरकारले आगामी आवका लागि ‘स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रम’ खारेज गरेको छ । यो कार्यक्रम प्रत्यक्ष निर्वाचित संसद्हरूको रोहबरमा सञ्चालित हुँदै आएको थियो र मुलुक संघीयतामा गएसँगै यो कार्यक्रम खारेज गर्न सरकारलाई दबाब पर्दै आएको थियो । त्यस्तै, गरीबी निवारण कोष पनि खारेज भएको छ । उनका अनुसार अब कोषअन्तर्गत भएका संस्थालाई सहकारी बनाइनेछ । कोषको मातहत अहिले रू. १९ अर्ब रहेको छ । यसलाई सहकारीकै शुरुआती पूँजीमा रूपान्तरण गर्ने सरकारको घोषणा छ । कोरोनाका महामारीका बीच सरकारले ल्याएको बजेटमा स्रोतको चर्को दबाब रहे पनि सरकारले चुनाव लक्षित कार्यक्रमलाई बजेटमार्पmत जोडतोडले अघि बढाएको देखिन्छ । ज्येष्ठ नागरिक भत्तालाई मासिक ३ हजार रुपैयाँबाट बढाएर ४ हजार पुर्‍याइएको छ । अन्य सबै खालका सामाजिक सुरक्षा भत्ता पनि ३३ प्रतिशतले बढाइएको छ । नेपालमा सामाजिक सुरक्षा भत्ता निर्वाचन जित्ने औजारका रूपमा प्रयोग गरिने गरिएको छ । बजेटले सबै सरकारी कर्मचारीको तलब रू. २ हजारले बढाएको छ भने विद्यार्थीलाई ल्यापटप किन्न रू. ८० हजारसम्म १ प्रतिशत दरमा सहुलियत ऋण दिने, पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचार, शैक्षिक प्रमाणपत्र धितो राखेर रू. २५ लाखसम्म ऋण दिइनेलगायत लोकप्रिय कार्यक्रम बजेटमा छन् । कोरोनाबाट प्रभावित नागरिक तथा व्यवसायीका लागि घोषणा गरेका राहत तथा कार्यक्रममा सरकारी स्वामित्वका खाद्य व्यापार कम्पनी र साल्ट ट्रेडिङमार्फत अत्यावश्यक वस्तुमा २० प्रतिशत छूट, खानेपानी तथा सिँचाइ उपभोक्ता समितिलाई बिजुलीको डिमान्ड शुल्कमा छूट, निषेधाज्ञा अवधिमा गार्हस्थ्य बिजुली उपभोक्तालाई महसुलमा छूट, होटेललाई पनि उद्योगसरह मान्यता दिएर छूट तथा होटेलले आइसोलेशन सेन्टर सञ्चालन गरेमा सरकारले रकम दिने, कृषि उपज ढुवानी भाडामा २५ प्रतिशत अनुदान, सामाजिक सुरक्षा कोषमा योगदान गरिरहेका श्रमिकलाई जेठ र असारमा सरकारले योगदान जम्मा गर्ने, व्यवसाय निरन्तरता कर्जा निरन्तर हुने, सरकारी सम्पत्ति भाडा लिएर व्यवसाय गर्नेलाई निषेधाज्ञा अवधिमा ५० प्रतिशत भाडा छूट, पुनर्कर्जामा अझै विस्तार गरिने, सहुलियत कर्जामा पनि निरन्तरता, १ अर्बको च्यालेन्ज फन्डजस्ता कार्यक्रमलाई अघि सारेको छ । सरकारले ल्याएको बजेटलाई नेपाली कांग्रेस नेता एवं पूर्वअर्थमन्त्री डा. रामशरण महतले प्रचारमुखी भएको बताएका छन् । उनका अनुसार पूर्ण बजेट ल्याउने अधिकार सरकारले गुमाइसकेका बेला ठूलो बजेट आउनु गलत हो । ‘संसद् पुनःस्थापनाको मुद्दा सर्वोच्चमा विचाराधीन छ । प्रचारात्मक हिसाबले बजेट ल्याइएको छ, अहिले यो बजेटले मान्यता पाउँदैन,’ उनले अभियानसँगको कुराकानीमा भने । पूर्व उद्योग तथा वाणिज्य सचिव चन्द्र घिमिरेले सरकारले ल्याएको बजेट उद्योग र निजीक्षेत्रमैत्री भएको बताउँदै कार्यान्वयनमा भने धेरै मेहनत चाहिने बताए । उनका अनुसार वाणिज्यतर्फको बजेट सरकारले अझ स्पष्ट पार्नुपर्नेमा त्यसो हुन नसकेको बताए । बजेटलाई स्वास्थ्य क्षेत्रले समेत स्वागत गरेको छ । जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षितले स्वास्थ्य र शिक्षामा पहिलोपटक यति ठूलो परिमाणमा बजेट विनियोजन भएको बताए । ‘बजेट स्वागतयोग्य र सकारात्मक छ । अहिलेसम्म स्वास्थ्य र शिक्षाक्षेत्रमा यति ठूलो बजेट आएको थिएन । तर, कार्यान्वयन चुनौतीपूर्ण छ,’ उनले भने ।

अक्सिजन उद्योगलाई २४ घन्टै बिजुली दिन निर्देशन

काठमाडौं। कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले अक्सिजन उत्पादन गर्ने उद्योगलाई २४ घन्टै बिजुली दिने निर्देशन दिएको छ। कोभिडका बिरामी बढेपछि अक्सिजन अभाव हुँदा सीसीएमसीले विद्युत प्राधिकरणलाई यस्तो निर्देशन दिएको हो। निर्देशनअनुसार उद्योग आसपास बिजुली बिग्रिएको अवस्थामा तत्काल बनाउन सक्नेगरी टिम तयारी अवस्थामा राख्नुपर्ने छ। यसैगरी कुनै पनि बाहानामा उद्योगको बिजुली काट्न मिल्नेछैन।

अक्सिजन उद्योगलाई २४ घन्टै बिजुली दिन निर्देशन

काठमाडौं। कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले अक्सिजन उत्पादन गर्ने उद्योगलाई २४ घन्टै बिजुली दिने निर्देशन दिएको छ। कोभिडका बिरामी बढेपछि अक्सिजन अभाव हुँदा सीसीएमसीले विद्युत प्राधिकरणलाई यस्तो निर्देशन दिएको हो। निर्देशनअनुसार उद्योग आसपास बिजुली बिग्रिएको अवस्थामा तत्काल बनाउन सक्नेगरी टिम तयारी अवस्थामा राख्नुपर्ने छ। यसैगरी कुनै पनि बाहानामा उद्योगको बिजुली काट्न मिल्नेछैन।