एउटै पालिकामा घट्यो १४ हजार रोपनी नदी क्षेत्रको जग्गा, बस्ती विस्तार भने ४४ हजार रोपनीले बढ्यो

महोत्तरी । जिल्लाको बर्दिवास नगरपालिका क्षेत्रमा नदी, खोलाखोल्सी र सीमसार क्षेत्र खुम्चने र आवास क्षेत्र बढ्ने क्रममा देखिएको छ । बर्दिबास नगरपालिकाको स्थानीय भू–उपयोग परिषद्बाट हालै सार्वजनिक जग्गा वर्गीकरण अभिलेखले यस्तो देखाएको हो । पछिल्लो सात वर्षमा नदी, खोल्साखोल्सी र सीमसार क्षेत्रको क्षेत्रफल ७३५ हेक्टर (१४ हजार ४४२ रोपनी) ले घटेको छ । २०७२ साल (सन् २०१७)मा ३ हजार ६६१ हेक्टर रहेको यस्तो क्षेत्र अहिले नक्साङ्कन गर्दा २ हजार ९२६ हेक्टरमा सीमित भएको हो ।  यसअघिको नदी, खोल्साखोल्सीमा बाँध, तटबन्ध बाँधिएर उकास भएको यो क्षेत्र अन्य उपयोगमा गएपछि घटेको नयाँ नक्साङ्कन गर्ने संस्था स्मार्ट सिटी विल्डर्स प्रालि, बाराका भू–विज्ञ मोहन राउतले बताए ।   नगरको यसपालिको भू–प्रकृतिका १० मापदण्डका आधारमा वर्गीकरण गर्ने गरी नगर कार्यपालिकाको कार्यालयले यो संस्थालाई जिम्मेवारी दिएको थियो । अहिले यसै संस्थाका विज्ञबाट गरिएको नक्साङ्न अनुसारको वर्गीकरण नै नगरपालिकाले पारित गर्दै सार्वजनिक गरेको हो ।  जिल्ला भएर बग्ने सबैजसो नदीको उद्गमस्थल बर्दिबास नगरक्षेत्रमै पर्छ । चुरे पर्वत श्रेणीबाट नदी, खोल्साखोल्सी निस्कने र सिन्धुली जिल्लासँग महोत्तरीको सीमा छुट्टिने सम्पूर्ण चुरे पहाड र यसका शृङ्खला यसै नगरक्षेत्रमा पर्छन् । यसै अवधिमा नगरको आवास क्षेत्र भने ह्वात्तै बढेको छ । सात वर्षअघि करिब ४७१ (४७० दशमलव ८२) हेक्टर मात्र आवास क्षेत्र रहेको यस नगरमा अहिले यो बढेर २ हजार ७०७ हेक्टर पुगेको छ । यो अवधिमा यहाँ २ हजार २३६ हेक्टर (४३ हजार ९३७ रोपनी) मा बस्ती विस्तार भएको छ । बढ्दो शहरीकरणले आवास क्षेत्र बढाएको वर्गीकरण नक्साङ्कनमा संलग्न अर्का विज्ञ (भू–विज्ञ, इञ्जिनियर) विष्णु महर्जनको भनाइ छ । २०७१ मङ्सिर १६ गते तत्कालीन बर्दिबास, किसाननगर, माइस्थान र गौरीबास गाविस समेटेर नगरपालिका घोषणा गरिएको बर्दिबास नगरपालिकामा २०७४ सालको निर्वाचनअघि पहिलेका हाथीलेट, विजलपुरा, पशुपतिनगर र खयरमारा गाविस पनि समेटिएका छन् । नगरमा १४ वडा छन् ।  भू–उपयोगको आधारमा वर्गिकृत नक्सा जारी गर्ने पनि बर्दिवास जिल्लाकै पहिलो स्थानीय तह बनेको जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमनकुमार लालकर्णले जानकारी दिए ।  जिल्लामा सबैभन्दा बढी वन पनि बर्दिवास नगर क्षेत्रमै छ । यस नगर क्षेत्रमा अहिले १८ हजार ८७३ हेक्टर रहेको वर्गीकृत अभिलेखमा उल्लेख छ । सात वर्ष पहिलेको भन्दा वन क्षेत्र चार हेक्टर घटेको देखिएको नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले बताए ।  त्यसैगरी कृषि उपयोगमा ५ हजार ४८३, व्यावसायिक क्षेत्रमा ८८४, सार्वजनिक उपयोगको क्षेत्रमा ६४९ खानी तथा खनिज क्षेत्रमा ११ हेक्टर (लगभग), सांस्कृतिक पुरातात्विक क्षेत्रमा ५ दशमलव ४९ हेक्टर र औद्योगिक क्षेत्रमा सबैभन्दा कम र्शून्य दशमलव १७ हेक्टर जग्गा वर्गीकरण गरिएको छ ।  अत्याधुनिक प्रविधिको प्रयोगबाट गरिएको वर्गीकरण वैज्ञानिक र वस्तुनिष्ठ रहेको नगर कार्यपालिकाको कार्यालयले जनाएको छ । नगरपालिकाले जग्गाको उपयोगका आधारमा नौ प्रकृति छुट्याएर वर्गीकरण गरेको छ । यो वर्गीकरणसँगै अब जग्गा किनबेच गर्दा, अंशवण्डा गर्दा स्थानीय नापी कार्यालयमा कित्ताकाट गर्ने बाटो खुलेको छ । रासस यद्यपि कित्ताकाट गर्दा आवास क्षेत्रमा कम्तीमा ७ दशमलव ७५ धुर र कृषि क्षेत्रमा दुई कठ्ठाभन्दा कम नकाटिने वर्गीकरण अभिलेखमा स्पष्ट गरिएको छ ।   स्थानीय तहले जग्गा वर्गीकरण नगर्दा/गर्न नभ्याउँदा लामो समयदेखि सर्वसाधारणको पारिवारिक अंशबण्डा र किनबेचमा कित्ताकाट रोकिएको थियो । यसले गर्दा कित्ताकाट बापतको सङ्कलन हुने राजस्व पनि प्रभावित थियो । रासस

सम्बन्धित सामग्री

४ सय ७६ पालिकामा पूर्ण विद्युतीकरण, ३५ वटा पालिकामा अझै बिजुली पुगेन

काठमाण्डाै – नेपालका सात सय ५३ वटा पालिकामध्ये चार सय ७६ पालिकामा पूर्ण विद्युतीकरण भएकाे छ । दुई सय ४२ वटा पालिकामा आंशिक रूपमा विद्युतीकरण भएको छ । ३५ वटा पालिकामा नेपाल विद्युत् प्राधिकरणले बिजुली पुर्‍याउन सकेको छैन । प्राधिकरणले देशभरिका पालिकाका गाउँपालिका र नगरपालिका वडासम्मको विस्तृत अध्ययन गरी तयार पारेको विद्युतीकरण तथ्याङ्कअनुसार कुल जनसङ्ख्याको ९२ दशमलव ५१ प्रतिशतमा बिजुलीकाे पहुँच पुगेको छ । बिजुलीकाे पहुँच पुगेकामध्ये ९२ दशमलव ३७ प्रतिशत राष्ट्रिय ग्रिडबाट र शून्य दशमलव १४ प्रतिशतले ग्रिडभन्दा...

कञ्चनपुरमा काँग्रेस पाँच, एमाले तीन र माओवादी एक पालिकामा विजयी

महेन्द्रनगर । कञ्चनपुरका नौ वटै पालिकामा स्थानीय तहको निर्वाचनको मतगणना सकिएको छ । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा जिल्लाका पालिकामा राम्रो पकड जमाएको नेकपा (एमाले) यस पटक भने तीन पालिकामा समिति रहन पुग्यो । दुई गाउँपालिका र सात नगरपालिका रहेको कञ्चनपुरमा नेपाली काँग्रेसले चार नगर र एउटा गाउँपालिकामा विजयी हासिल गरेको छ । यहाँको […]

२२४ पालिकामा कांग्रेस विजयी, ९३ पालिकामा अग्रता

काठमाडौँ : नेपाली कांग्रेसले २२४ पालिकाको प्रमुखमा जित हासिल गरेको छ । पछिल्लो मतपरिणामअनुसार कांग्रेसले २२४ पालिकामा जित हासिल गरेको हो । यस्तै कांग्रेसले २१० पालिकाको उपमेयरमा जित हात पारेको छ । यस्तै कांग्रेसले ९३ पालिकामा अग्रता लिएको छ । यस्तै दोस्रो स्थानमा रहेको एमालेले भने १४१ पालिकामा जित हासिल गरेको छ । तेस्रो स्थानमा रहेको […]

मोरङका १७ पालिकामा को कहाँ अगाडि ? (सूचीसहित)

मोरङको १७ वटा पालिकामध्ये ९ वटामा काँग्रेसले अग्रता लिएको छ भने ८ वटा पालिकामा एमालेले अग्रता लिएको छ । यसअघि एमालेले ५ वटा पालिकामा जितेको थियो भने काँग्रेसले १० वटा पालिकामा जितेको थियो । ०७४ सालको निर्वाचनमा १/१ वटा पालिका जितेका माओवादी र जनता समाजवादी पार्टीले कुनै पनि पालिकामा अग्रता लिन सकेका छैनन् ।काँग्रेसले यसअगाडि जितेका पालिकाहरु केराबारी गाउँपालिका, लेटाङ नगरपालिका, उर्लाबारी नगरपालिका, धनपालथान गाउँपालिकामा एमालेले अग्रता लिएको छ । यस्तै एमालेले यसअघि जितेको मिक्लाजुङ गाउँपालि

सिन्धुलीका पाँच पालिकामा गठबन्धनको अग्रता

मतगणना सुरु भएका सिन्धुलीका सबै पालिकामा गठबन्धनकै अग्रता देखिएको छ। सिन्धुलीको मरिण गाउँपालिका, हरिहरपुरगढी गाँउपालिका फिक्कल गाउँपालिकाले सार्वजानिक गरेको मतपरिणाम अनुसार सबै पालिकामा गठबन्धनका दलहरु अगाडी देखिएका छन्।...

कस्को कति पालिकामा जीत र अग्रता

काठमाडौं, ३१ वैशाख । स्थानीय निकायको निर्वाचनमा गठबन्धनले धेरै पालिकाहरुमा अग्रता बनाएको छ । गठबन्धनको नेपाली काँग्रेसले १६४ पालिकामा अग्रता बनाएको हो । काँग्रेसले ३ पालिकामा जितेको छ । नेकपा एमालेले ५ पालिकामा जीत हासिल गरेको छ । उसले ९३ पालिकामा प्रमुख पदमा अग्रता लिएको छ । नेकपा माआवादीले १ पालिकामा जित हासिल गर्दा ५६ […]

धेरै पालिकामा काँग्रेसको अग्रता

काठमाडौँ । शुक्रवार (हिजो) भएको पालिका चुनाव अन्तर्गत धेरै ठाउँमा अहिले मतगणना भइरहेको छ । काठमाडौँ महानगरमा केही बेर अघिदेखि मतगणना सुरु भएको छ । अरू महानगरपालिकामा मतगणना सुरु गर्ने तयारी छ । बुटवल, नेपालगञ्ज, घोराही, जितपुर सिमरा, हेटौँडा, जनकपुरधाम लगायतका उपमहानगरसहित अरू धेरै पालिकामा मतगणना भइरहेको छ । मतगणना भइरहेकामध्ये ४० भन्दा बढी पालिकामा […]

सुदूरपश्चिमका विभिन्न पालिकामा मतगणना शुरु

सुदूरपश्चिम प्रदेशका विभिन्न पालिकामा मतगणना सुरु भएको छ। केही पालिकामा रातिदेखि शुरु भएको हो भने केही पालिकामा बिहानदेखि मतगणना सुरु गरिएको छ।...

मोरङको ६ पालिकामा मतगणना सुरु

३१ वैशाख, विराटनगर । मोरङका ६ वटा पालिकामा मतगणना सुरु ‍भएको छ । महानगरपालिकासहित १७ पालिका रहेको मोरङका ६ पालिकामा मतगणना सुरु भएको हो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार ८ धापालथान, ग्रामथान, कानेपोखरी, जहदा, कटहरी र मिक्फाजुङमा मतगणना सुरू भएको हो । विराटनगर महानगरसहित केही पालिकामा शनिबारबाट मतगणना हुनेछ । शुक्रबार राति बसेको सर्वदलीय बैठकले […]

कांग्रेसले कञ्चनपुरका सबै पालिकामा उम्मेदवार टुंगो लगायो

१२ वैशाख, महेन्द्रनगर । नेपाली कांग्रेस कञ्चनपुरले सबै पालिकामा उम्मेदवार टुंगो लगाएको छ । कांग्रेसले जिल्लाका ९ वटै पालिकामा प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष पदमा उम्मेदवार टुंग्याएको हो । ‘सबै पालिकामा उम्मेदवार छनौट गरेका छौं,’ कांग्रेसका जिल्ला सचिव भीमराज भट्टले भने, ‘जिल्ला कार्य समितिले निर्णय गर्न बाँकी छ ।’ कांग्रेसले भीमदत्त नगरपालिकाको प्रमुखमा पदम बोगटी […]