सुर्खेत : जाजरकोटपूर्व हुँदै डोल्पामा विद्युतीकरणका लागि तीन वर्ष अघि गरिएको ठेक्का तोडेर नयाँ स्वीकृत भएको छ । नेपाल विद्युत प्राधिकरण कर्णाली प्रदेशले पटक–पटकको ताकेता गर्दा पनि काम नगरेपछि जाजरकोट –डोल्पा ३३ केभीको प्रसारण लाइनको नयाँ ठेक्का सुरु गरेको जनाएको छ । जाजरकोट कुदु हुँदै चौखासम्म एक खण्ड र कुद हुँदै डोल्पाको त्रिपुराकोटसम्म अर्को खण्ड गरेर ठेक्का स्वीकृत गरिएको प्रदेश कार्यालयले बताएको छ ।ठेक्का लगाएको लामो समय भए पनि कामको नतिजा नदेखिएको भन्दै पूर्वमन्त्री शक