जाजरकोटमा विद्युतीकरण हुँदै

जाजरकोट- जाजरकोटलाई विद्युतीकरण गर्नका लागि तयारी तीव्र पारिएको छ । यसका लागि तीन अर्बको ठेक्कासमेत गरिएको छ । जिल्लाको कुशे गाउँपालिकाको समाइला, पश्चिम जाजरकोटको वडावनलगायतका ठाउँमा नयाँ सबस्टेशन निर्माणका लागि रू तीन अर्बको नयाँ ठेक्का गरिएको हो । भेरी नगरपालिकाको कुदुमा नयाँ सबस्टेशन निर्माण भइसकेको छ । त्यस्तै पूर्वी जाजरकोटसहित तल्लो डोल्पासम्म विद्युतीकरण गर्नका लागि […]

सम्बन्धित सामग्री

केन्द्रीय प्रसारण लाइन नपुगेको ठाउँमा सौर्य मिनिग्रेट निर्माण हुँदै

कुशे गाउँपालिका–८ चाल्चामा सौर्य मिनिग्रेट निर्माण गरिने भएको छ । केन्द्रीय प्रसारण लाइन तत्काल पुर्‍याउन नसक्ने ठाउँमा विद्युतीकरण गर्ने उद्देश्यले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले कुशे–८ चाल्चामा सौर्य मिनिग्रेट निर्माण हुन लागेको बताउनुभयो ।

कर्णालीमा विद्युतीकरण : तीन वर्षसम्म काम नगरेपछि ठेक्का तोडेर नयाँलाई जिम्मा

सुर्खेत : जाजरकोटपूर्व हुँदै डोल्पामा विद्युतीकरणका लागि तीन वर्ष अघि गरिएको ठेक्का तोडेर नयाँ स्वीकृत भएको छ । नेपाल विद्युत प्राधिकरण कर्णाली प्रदेशले पटक–पटकको ताकेता गर्दा पनि काम नगरेपछि जाजरकोट –डोल्पा ३३ केभीको प्रसारण लाइनको नयाँ ठेक्का सुरु गरेको जनाएको छ । जाजरकोट कुदु हुँदै चौखासम्म एक खण्ड र कुद हुँदै डोल्पाको त्रिपुराकोटसम्म अर्को खण्ड गरेर ठेक्का स्वीकृत गरिएको प्रदेश कार्यालयले बताएको छ ।ठेक्का लगाएको लामो समय भए पनि कामको नतिजा नदेखिएको भन्दै पूर्वमन्त्री शक

जाजरकोट-डोल्पा प्रशारण लाइनको नयाँ ठेक्का

सुर्खेत – जाजरकोटको पूर्व हुँदै डोल्पामा विद्युतीकरण गर्न तीन वर्ष अगाडिको ठेक्का तोडेर नयाँ ठेक्का स्वीकृत भएको छ। पटकपटक ताकेता गर्दा पनि काम नगरेपछि जाजरकोट–डोल्पा ३३ केभीको प्रशारण लाइनको नयाँ ठेक्का सुरु गरिएको नेपाल विद्युत प्राधिकरण कर्णाली प्रदेशले जनाएको छ। जाजरकोट कुदु हुँदै चौखासम्म एक खण्ड र कुद हुँदै डोल्पाको त्रिपुराकोट सम्मा अर्को खण्ड गरेर […]

जाजरकोट-डोल्पा प्रशारण लाइनको नयाँ ठेक्का

जाजरकोटको पूर्व हुँदै डोल्पामा विद्युतीकरण गर्न तीन वर्ष अगाडिको ठेक्का तोडेर नयाँ ठेक्का स्वीकृत भएको छ । पटकपटक ताकेता गर्दा पनि काम नगरेपछि जाजरकोट–डोल्पा ३३ केभीको प्रशारण लाइनको नयाँ ठेक्का सुरु गरिएको नेपाल विद्युत प्राधिकरण कर्णाली प्रदेशले जनाएको छ ।जाजरकोट कुदु हुँदै चौखा सम्मा एक खण्ड र कुद हुँदै डोल्पाको त्रिपुराकोट सम्मा अर्को खण्ड गरेर ठेक्का स्वीकृत गरिएको प्रदेश कार्यालयले जानकारी दिएको छ । तीन वर्ष सम्मा ठेक्का लिएर पनि काम नगर्दा यस पूर्वी जाजरकोट र डोल्पामा विद्युतीकरण गर

माडीवासीका समस्या समाधान गर्न मन्त्रालयले पहल गर्ने

चितवन– वन तथा बातावरणमन्त्री प्रदीप यादवले निकुञ्जका कारण माडीवासीलाई परेका समस्या समाधान गर्न मन्त्रालयले पहल गर्ने बताएका छन् । चितवन राष्ट्रिय निकुञ्ज हुँदै गएको हुलाकी सडक, भूमिगत विद्युतीकरण, रोकिएका पुलहरुलगायत संरचना आज निरीक्षणपश्चात् मन्त्री यादवले रोकिएका काम अगाडि बढाइने बताएका हुन् ।  निरीक्षणका क्रममा सँगै रहेकी भरतपुर महानगरप्रमुख रेनु दाहालका अनुसार मन्त्री यादवले तत्काल काम […]

निकुञ्जका कारण परेको समस्या समाधान हुन्छ : मन्त्री यादव

वन तथा वातावरणमन्त्री प्रदीप यादवले निकुञ्जका कारण माडीवासीलाई परेका समस्या समाधान गर्न मन्त्रालयले पहल गर्ने बताएका छन् । चितवन राष्ट्रिय निकुञ्ज हुँदै गएको हुलाकी सडक, भूमिगत विद्युतीकरण, रोकिएका पुलहरुलगायत संरचना आज निरीक्षण पश्चात् मन्त्री यादवले रोकिएका काम अगाडि बढाइने बताएका हुन् ।निरीक्षणका क्रममा सँगै रहेकी भरतपुर महानगरप्रमुख रेनु दाहालका अनुसार मन्त्री यादवले तत्काल काम अघि बढाउनका लागि  आवश्यक प्रक्रिया थाल्न निर्देशन दिएका थिए । निरीक्षणमा वन मन्त्रालयका सचिव डा.पेमन

मार्तडीमा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत जडान

मार्तडी-प्रदेशमै सबैभन्दा कम विद्युतीकरण भएको बाजुराको सदरमुकाम मार्तडीमा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत आपूर्ति भएको छ ।स्थानीय बाजुरा साना जलविद्युत केन्द्रबाट मागअनुसार विद्युत आपूर्ति हुन नसक्दा दैनिक आठ घण्टा लोडसेडिङ हुँदै आएको मार्तडीमा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत आपूर्ति भएपछि लोडसेडिङ अन्त्य भएको छ । नेपाल विद्युत प्राधिकरणको बाजुरा वितरण केन्द्रका अनुसार सबस्टेसन बनी नसकेको भए पनि […]

एकसाथ दुई जलविद्युत् आयोजना निर्माण हुँदै

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको विकट हिमाली क्षेत्र तेम्बाथानको माथिल्लो क्षेत्रमा दुई जलविद्युत् आयोजना एकसाथ निर्माण हुने भएको छ । मंगलवार एकैदिन भएको वातावरणीय प्रभाव मूल्यांकनको सार्वजनिक सुनुवाइमा आयोजनाले तत्काल पहुँचमार्ग विस्तार गरी काम अगाडि बढाउने जानकारी गराइएको छ । ब्रह्मायणी ३६ दशमलव ५२ तथा माथिल्लो ब्रह्मायणी १५ दशमलव १५ मेगावाट क्षमताको जलविद्युत् आयोजना भएको र यसका लागि पूर्वाधार तयारीका काम तत्काल सम्पन्न गरी आगामी आर्थिक वर्षको शुरुआतदेखि आयोजना निर्माण हुने ब्रह्मायणी जलविद्युत् आयोजना र माथिल्लो ब्रह्मायणीको निर्माण कम्पनी इन्टिग्रेटेड हाइड्रो फण्ड नेपाल प्रालिका प्रमुख भरत पराजुलीले जानकारी दिएका छन् । कम्पनीले आयोजना निर्माणस्थल जुगल गाउँपालिका–२ र ३ सम्म पुग्ने १६ किलोमिटरमध्ये १० किलोमिटर पहुँचमार्ग निर्माण सम्पन्न भएको र बाँकी ६ किलोमिटर सडक निर्माण सम्पन्न गरी आयोजनाको काम शुरू गर्ने भएको छ । ‘पहुँचमार्ग, आयोजनास्थलको आवासगृह र आयोजना निर्माणका अन्य पूर्वाधार निर्माण सम्पन्न गरी आयोजनाको काम शुरू हुनेछ,’ निर्माण कम्पनीका प्रमुख पराजुलीले भने, ‘दुवै आयोजना सम्पन्न गर्न १० अर्ब लगानी हुने प्रारम्भिक अनुमान गरिएको छ र तीन महिनाभित्र पहुँचमार्ग निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।’ दुवै आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन सार्वजनिक सुनुवाइ कार्यक्रममा आयोजना निर्माणस्थल तथा प्रभावित क्षेत्र जुगल गाउँपालिका–३ तेम्बाथान र वडा नं २ दीपुका स्थानीयले स्थानीयका जायज माग र वातावरण सुरक्षामा ध्यान दिँदै थप काम अगाडि बढाउन सुझाव पेश गरेका छन् । ‘शीप, क्षमताअनुसारको स्थानीय सहभागिता, पर्यटन पदमार्गको सुरक्षा तथा स्तरोन्नति, चौंरीखर्क संरक्षण तथा सामाजिक दायित्व पूरा गरी आयोजना अगाडि बढ्नुपर्छ,’ जुगल गाउँपालिका–३ का वडा सदस्य नुर्बु शेर्पाले भने । आफ्नो विकट गाउँमा विकासको कुनै शुरुआत नभएकाले आयोजना निर्माणसँगै गाउँमा विद्युतीकरण, सडक र सामाजिक विकासका अन्य काममा आयोजनाले सहयोग गर्नुपर्ने आफूहरूको माग रहेको जुगल गाउँपालिका–३ तेम्बाथानका जाङ्बु शेर्पाको भनाइ छ ।       स्थानीयको जायज माग, पहुँचमार्ग निर्माण, सामाजिक उत्तरदायित्वसँगै प्रत्यक्ष/अप्रत्यक्ष रोजगारी र सञ्चारमा पहुँचको काम आयोजनाले पूरा गर्ने आयोजनाले जनाएको छ । दुई हजार ६ सय ६५ मिटर उचाइमा निर्माण हुने जलविद्युत् आयोजनामा लगन खोला र न्याम्या मसाल खोलाको पानी प्रयोग हुनेछ । नेपाल विद्युत् प्राधिकरणले दुवै आयोजनाको विद्युत् खरीद सम्झौता (पीपीए) सम्पन्न भएको आयोजनाले बताएको छ । रासस

मुदीमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार

असार १३, म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रले मुदीमा शनिवार साँझ केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार गरेको हो ।  प्राधिकरणका प्राविधिक रवीन्द्र भण्डारीले मुदीका २५० घरमा विद्युतीकरण भएको जानकारी दिए । ‘मिटर जडान गरेका सबै घरमा बिजुली बलेको छ’, उनले भने, ‘सोही वडाको खाम्ला, खारा र बाँसबोटका ६५ घरमा यसअघि नै विद्युतीकरण भइसकेको छ ।’ ताकम, मच्छिम, फलियागाउँ, मुना, दर हुँदै विस्तार गरिएको केन्द्रीय प्रसारण लाइन वितरणका लागि मुदी र खाम्लामा एक/एक सय एमभिए क्षमताका दुई ओटा ट्रान्सफर्मर राखिएको छ ।  मुदीमा विद्युत् विस्तार गर्न त्यहाँ सडक नपुग्दै विसं २०७६ चैतको पहिलो हप्ता धवलागिरिले वडा नम्बर ७ काउसीबोटबाट हेलिकप्टरमार्फत दुई ओटा ट्रान्सफर्मर ढुवानी गरेको थियो । विसं २०७७ असारमा मुदी सडक सञ्जालमा जोडिएको थियो । खाम्लामा अझै सडक सुविधा छैन ।  उज्यालोका लागि सोलार, मट्टितेलको टुकी, दियालो र सिट्ठामा निर्भर स्थानीयवासीमा बिजुली बलेपछि खुसीयाली छाएको छ । घरायसी काम गर्न तथा विद्यार्थीलाई अध्ययन गर्न सहज हुनुका साथै उद्यम व्यवसाय सञ्चालन गर्ने अवसर सिर्जना भएको स्थानीयवासी गणेश पुनले बताए ।  विसं २०७६ चैतमा वायरिङ गरिए पनि कोरोना, बन्दाबन्दी र निषेधाज्ञाका कारण विद्युतीकरण प्रभावित भएको थियो । प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख प्रशान्त झाले धवलागिरिको फलिगाउँ, मुना, दर र मङ्गलाको अर्मनमा चालू आर्थिक वर्षभित्रै विद्युतीकरण गर्न लागिएको बताए ।  मुनास्थित गाउँपालिकाको कार्यालयमा विद्युतीकरण भइसकेको छ । मुदीको थलडाँडामा रहेको नेपाल टेलिकमको बिटिएस टावरमा पनि विद्युत विस्तार गरिएको छ । दर हुँदै थलडाँडासम्म विद्युत् विस्तार गर्न गाउँपालिकाले लगानी गरेको छ । मुदी र मुनाका सबै घरधुरीमा विद्युतीकरण भएपछि धवलागिरिलाई उज्यालो पालिका घोषणा गर्ने तयारी छ ।  यसअघि धवलागिरिको वडा नं ७ ताकम र वडा नं ६ मराङको करीब डेढ सय घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् पुगिसकेको छ । विसं २०७६ कात्तिकमा वडा नं २ लुलाङमा लघुजलविद्युत् र वडा नं ४ कै बगरमा सौर्य ऊर्जामार्फत विद्युतीकरण गरिएको छ ।  गुर्जा, मल्कवाङ, खिवाङ र मराङमा लघुजलविद्युत् परियोजनामार्फत विद्युतीकरण गरिएको छ । पालिकाका सबै घरमा केन्द्रीय लाइन, लघुजलविद्युत् र सौर्य ऊर्जामध्ये कुनै एक माध्यमको विद्युत सुविधा पु¥याउने गाउँपालिकाको योजना छ । लघुजलविद्युत् परियोजना नभएका र केन्द्रीय लाइन नपुग्ने १२० घरधुरीलाई प्रदेश सरकारमार्फत गत कात्तिकमा ५० वाट क्षमताको सोलार सेट वितरण गरिएको थियो । रासस

रुकुम पूर्वका १ हजार घरधुरी केन्द्रीय विद्युत् लाइनको पहुँचमा

जेठ ३, रुकुम पूर्व । रुकुम पूर्वका एक हजार घरधुरी केन्द्रिय विद्युत् लाइनको पहुँचमा पुगेका छन् । तीन ओटा गाउँपालिका रहेको यस जिल्लाका दुई गाउँपालिकाका एक हजार घरधुरीमा विद्युत् विस्तारको काम गरिएको छ ।  सिस्ने गाउँपलिकाको दुई ओटा वडा र भूमे गाउँपलिकाको तीन ओटा वडामा केन्द्रिय लाइनको विद्युत् पुगेको प्राधिकरण वितरण शाखा रुकुम पूर्वले जानकारी दिएको छ । अहिलेसम्म सिस्ने–५ को ९५ प्रतिशत ठाउँमा विद्युतीकरण भइसकेको प्राधिकरण वितरण शाखा कार्यालयका प्रमुख युवराज रावतले बताए । वडा नं ५ को दुधिल्ला गैरामा शनिवार मात्रै विद्युतीकरण भएको छ । अब ह्याप्ला लगायतका केही ठाउँमा मात्र विद्युत् विस्तारको काम बाँकी रहेको रावतले बताए ।  यस्तै वडा नं ६ को पनि ८० प्रतिशत ठाउँमा विद्युतीकरण भइसकेको छ । वडा नं ६ को छिप्रीदह बाहेकको सबै ठाउँमा केन्द्रिय प्रसारण लाइनको विद्युत् विस्तार भइसकेको कार्यालयले जानकारी दिएको छ । छिप्रीदहमा भने अहिले बाफीकोट गाउँपालिका रुकुम पश्चिममा रहेको नवभिजन सहकारी संस्थाको बिजुली बलिरहेको छ । यस्तै भूमे गाउँपालिकाको वडा नं ५ पूर्णरूपले विद्युतीकरण भइसकेको छ । वडा नं ४ को पनि ६० प्रतशित घरधुरीमा प्राधिकरणको बिजुली बलेको कार्यालय प्रमुख रावतले बताए । उनका अनुसार भूमे–२ मा भने गाउँपालिकाको केन्द्र खाबाङ बगरमा मात्र विद्युतीकरण भएको छ । अन्य ठाउँमा ग्राहकको मागअनुसार प्राथमिकताका आधारमा विद्युत् विस्तार गरिने छ । यस लगत्तै कार्यालयले सिस्ने–३ को पोखरा र पाँगाका साथै भूमेको काँक्री हुँदै पुथाउत्तरगंगा गाउँपलिकाको क्युवाङ र तकसेरामा केन्द्रिय लाइनको विद्युत् विस्तार गरिने छ ।  यहाँको भौगोलिक बनावट र छरिएर रहेका बस्तीहरुले गर्दा काम गर्न भने केही समस्या भएको कार्यालयले जानकारी दिएको छ । टाढाटाढा छरिएर रहेका बस्तीले गर्दा स्रोत साधन पनि धेरै लाग्ने र काम गर्न पनि समस्या हुने गरेको छ । रासस