नेपालका ७७ जिल्लामध्ये ४२ वटा जिल्लामा पूर्ण विद्युतीकरण भएको छ । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्ष २०७८÷७९ सम्ममा देशका ४२ वटा जिल्ला पूर्ण विद्युतीकरण भएको जनाएको हो ।प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आगामी २ वर्ष भित्र सबै जिल्लामा पूर्ण विद्युतीकरण गर्ने लक्ष्य रहेको बताए । उनले ६ वर्ष अघि जम्मा ६२ प्रतिशत जनसङ्ख्यामा पुगेको विद्युत्को पहुँच अहिले ९६ प्रतिशत जनसङ्ख्यामा पुगेको बताए ।९३ प्रतिशत जनसङ्ख्यामा ग्रिडको बिजुली पुगेकामा ३ प्रतिशत जनसङ्ख्यामा भने वैकल्पिक ऊर्