काठमाडौँ,३१ असार । झापामा टनेलभित्र रायो साग फस्टाएको छ । कृषि ज्ञान केन्द्रले टनेल बनाउन अनुदानसमेत दिएपछि किसान प्रोत्साहित भएका छन् । सामान्यतया जाडो मौसममा रायो सागको खेती हुने गर्छ । तर यसको बजार माग बाह्रै महिना उच्च रहेका कारण झापाका किसानले बर्खे मौसममै आधुनिक प्रविधिबाट अर्गानिक रायो साग उत्पादन गरेर लाभ लिन थालेका छन् […]