कैयौं नैतिक कथा र शिक्षालाई बिर्संदै गएको हाम्रो पुस्तालाई झक्झकाउन यो आलेखलाई एउटा नीति कथाबाटै शुरु गरौं। खलिल जिब्रानको प्रसिद्ध नीति कथामा एउटा फ्याउरोले बिहानको घाममा आफ्नो छायाँ निकै लामो देखेर भन्छ- ‘आज दिवा भोजनको लागि ऊँटको शिकार गर्नुपर्ला।’ बिहानभर चारैतिर भौंतारिंदा समेत केही हुन सकेन। दोपहरमा आफ्नो छायाँ फेरि देख्छ र भन्छ- ‘भैगो, आज […]