डा पौडेलको तेस्रो पुस्तक ‘लय छुटेको समय’ बजारमा

भरतपुर अस्पतालका मेसु डा कृष्णप्रसाद पौडेलले लय छुटेको समय नामक पुस्तक बजारमा ल्याएका छन्। लय छुटेको समयमा दुई खण्डका निबन्ध संग्रहहरु रहेको मेसु डा पौडेलले जानकारी दिए।

सम्बन्धित सामग्री

कविता बढी, आख्यानमा कमी

नेपाली साहित्यका सयौँ पुस्तक बर्सेनि बजारमा आउँछन् तर त्यसमा महिलाले लेखेका पुस्तकको सङ्ख्या कति ? यसरी हेर्दा, महिलाले लेखेका पुस्तकको सङ्ख्या निकै कम देखिन्छ । नेपाली साहित्यमा विष्णुकुमारी वाइबा (पारिजात) पछि सशक्त महिला साहित्यकारको उदय हुन नसकेको गुनासो साहित्यकारको छ । २०१३ सालदेखि प्रदान गर्न थालिएको मदन पुरस्कारको पुरस्कृत सूचीमा पारिजातको शिरिषको फूलले २०२२ सालमा मदन पुरस्कार प्राप्त गरेको थियो । २०१३ सालदेखि २०७९ सम्मको मदन पुरस्कार (२०३१ र ३३ सालमा वितरण नगरिएको) को सूचीमा महिला साहित्यकार चार जनाले मदन पुरस्कार प्राप्त गर्नुभएको छ । यो तथ्यले समेत महिला लेखकको अवस्था र स्तरलाई नियाल्न सहयोग गर्छ । मदन पुरस्कार गुठीका अनुसार झमक घिमिरेको ‘जीवन काँडाकी फूल (२०६७)’, राधा पौडेलको ‘खलङ्गामा हमला (२०७०)’ र नीलम कार्की ‘निहारिका’ को ‘योगमाया (२०७४)’ ले मदन पुरस्कार प्राप्त गरेको थियो ।

पहेँलपुर - पारसचक्की र जिन्दगीको सौदाबाजी !!

(असोजको पहिलो हप्ताबाट बजारमा आउन लागेको जिएस पौडेलको उपन्यास पहेँलपुरको पुस्तक अंश )हिजोआज बिहान बेलुका शितल हुन थालेको छ । गर्मीमै तीज सकिएको थियो र अब दसैँ नजिक आउँदैछ । तर चाडपर्वको त्यो पुरानो रौनक अब कतै देखिँदैन । उसैमा आलोकलाई उत्साह र उत्सवले कुनै उमङ्ग दिँदैन । उसको चिन्ताग्रस्त जिन्दगी । स्टिङ्गर भएर ऊ अरुलाई पारसफूलको विषमा घोल्न चाहँदैन जसरी घोलेर गएकी थिई राधाले उसमाथि । अहँ ! ऊ पारसमणिको धन्दामा सामेल हुन चाहँदैन । तर अब ऊसँग अर्को विकल्प पनि छैन । एउटा पारस चक्कीको मूल्य तेइस हजार पुगिसक्...

रोल नम्बर एक : चोर हुँ जस्तो !

मदन पुरस्कार विजेता एवं ‘मर्यादित महिनावारी’ की सामाजिक अभियन्ता राधा पौडेलको बाल्यकालीन संस्मरण ‘रोल नम्बर एक’ पुस्तक बजारमा आएको छ । यसअघि पौडेलको ‘खलङ्गामा हमला’ पुस्तकले मदन पुरस्कार पाएको थियो ।पौडेलका मर्यादित र सुरक्षित महिनावारीका विषयमा तीन पुस्तक प्रकाशित भइसकेका छन् । ‘रोल नम्बर एक’ उनको पहिलो बाल्यकालीन संस्मरण हो । सांग्रिला बुक्सले प्रकाशन गरेको यो पुस्तकको मूल्य २७५ रुपैयाँ छ ।‘रोल नम्बर एक’ समाजमा व्याप्त अन्धविश्वासको भ

‘छोरीलाई महिनावारीकै कारण शक्तिशाली छौ भनेर सिकाउनुपर्छ’

मदन पुरस्कार विजेता (२०७०) लेखक राधा पौडेलको नयाँ पुस्तक ‘रोल नम्बर एक’ बजारमा आएको छ । बाल्यकालीन स्मृतिलाई निबन्धको शैलीमा लेखिएको पुस्तकले किशोर–किशोरीको मनोविज्ञानलाई केन्द्रमा राखेको छ । लेखक पौडेलले आफू किशोरी छँदा घरपरिवार तथा विद्यालयमा भोग्नुपरेका तीतामीठा घटनालाई केलाएर नेपाली शिक्षा प्रणालीको खोटसमेत देखाएकी छन् । सांग्रिला बुक्सले प्रकाशन गरेको रोल नम्बर एकमा तेह्र […]