ए डिभिजन : मनाङको खराब लय कायमै

काठमाडौँ : राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा आठपटकको च्याम्पियन मनाङ मर्स्याङदी फुटबल क्लबको खराब लय छैटौं खेलमा पनि कायमै रहेको छ।ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको खेलमा यसै सिजन बढुवा भएको टोली चर्च ब्वाइज युनाइटेडसँग ३–० गोल अन्तरले पराजित भएसँगै यो सिजन मनाङको खराब लय कायमै रहेको हो। योसँगै मनाङले छैटौँ खेलमा पनि पराजय भोगेको छ।निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा चर्च ब्वाइजलाई जित दिलाउन अनन्त तामाङ, मौसम सुब्बा र साइमन लिम्बुले एक/एक गोल गरे।

सम्बन्धित सामग्री

ए डिभिजन लिग फागुन १९ बाट सुरु हुने

शहीद स्मारक ए डिभिजन लिग फागुन १९ गतेदेखि सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन क्लबबीच बिहीबार भएको बैठकपछि लिग फागुनमा गर्ने सहमति भएको हो ।

ए डिभिजन लिग पूर्व निर्धारित मितिमा सुरु नहुने

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले तय गरेको मितिमा यो वर्षको सहिद स्मारक ए डिभिजन लिग नहुने निश्चित भएको छ । ए डिभिजन क्लबहरुसँगको छलफल पछि पुस २६ गतेबाट ए डिभिजन लिग आयोजना गर्ने यसअघि एन्फाले निर्णय गरेको थियो । तर, एन्फाले आफैले दिएको समय सिमा भित्र गत वर्षको बाँकी र यो […]

ए डिभिजन लिग पुस २६ देखि, डबल लिगका आधारमा हुने

१ कात्तिक, काठमाडौं । सहीद स्मारक ए डिभिजन लिग पुस २६ गतेदेखि हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फा र ए डिभिजन क्लबका प्रतिनिधिहरु मंगलबार बसेको बैठकले ए डिभिजन लिग पुस २६ गतेदेखि गर्ने निर्णय गरेको एन्फाले जनाएको छ । ‘सहीद स्मारक ए डिभिजन लिग २०७९ पुस २६ गतेदेखि २०८० जेठ २० गतेसम्म […]

ए डिभिजन लिगको मिति प्रस्ताव

नेपाली फुटबलको मेरुदण्ड ‘ए डिभिजन लिग’ ८ पुसदेखि सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को दोस्रो कार्यसमिति बैठकले ए डिभिजन लिगको मिति प्रस्ताव गरेको हो । करिब...

एनएसएल र ‘ए’ डिभिजन क्लबको लडाइँ थप उत्कर्षमा

सहिद स्मारक ‘ए’ डिभिजन लिग सकिएलगत्तै सुरु भएको ‘ए’ डिभिजन क्लब र नेपाल सुपर लिगबीच अस्तित्वको लडाइँ थप उत्कर्षमा पुगेको छ।...

पोखरामा पहिलो पटक ए डिभिजन लिग हुँदै

काठमाडौं (हाम्रो खेलकुद)– कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा शनिबार तीन खेल हुँदैछन् । जसमध्ये दुई खेल दशरथ रंगशाला र एक खेल पोखरा रंगशालामा हुँदैछ । पोखरामा पहिलो पटक ए डिभिजन लिग सञ्चालन हुँदैछ । जहाँ मनाङ मस्र्याङ्दी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ । मनाङले होम ग्राउन्डका रुपमा प्रयोग गर्न लागेको पोखरा […]

नयाँ ढाँचामा ‘ए’ डिभिजन लिग

अखिल नेपाल फुटबल (एन्फा) को आयोजनामा मंसिर ३ गतेबाट सुरु हुने सहिद स्मारक ‘ए’ डिभिजन लिग यस पटक नयाँ ढाँचामा सञ्चालन हुँदै छ।...

विराजले च्यासलबाट ए डिभिजन लिग खेल्ने

१२ असोज, काठमाडौं । राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान विराज महर्जनले नयाँ सिजनको शहीद स्मारक ए डिभिजन लिग च्यासल युथ क्लबबाट खेल्ने भएका छन् । विराज मंगलबार च्यासलसँग अनुबन्धित भएका हुन् । ए डिभिजन लिग आगामी कात्तिक २९ गतेदेखि शुरु हुँदैछ । पछिल्लो सिजन विराजकै कप्तानीमा मछिन्द्र क्लबले पहिलो पटक ए डिभिजन लिग जितेको थियो […]