बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना गरेको आरोपमा पक्राउ गरिएका रामकुमार सुवेदी र उनकी पत्नी माधवीलाई रिहा गरिएको छ । पुस ७ मा पक्राउ परेका सुवेदी दम्पतीलाई सरकारी वकिलको सहमति लिएर हाजिर जमानीमा रिहा गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता (एसपी) श्यामकुमार महतोले रातोपाटीलाई बताए ।सिआइबीले लिखत किर्ते कसुरमा मुद्दा चलाउन रायसहितको प्रतिवेदन पठाएकोमा थप अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै सरकारी वकिल कार्यालय काठमाडौंले प्रतिवेदन सिआइबीलाई नै फिर्ता पठाएको थियो ।जिल्ला सरकारी व