काठमाडौँ- प्रतिनिधिसभा सदस्य अजयकुमार चौरसियाले देशको गरिबी हटाउन शिक्षा, स्वास्थ्य कृषि र रोजगारीको क्षेत्रमा ध्यान दिनुपर्ने बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै प्रतिनिधिसभा सदस्य चौरसियाले देशको गरिबी हटाउन शिक्षा, स्वास्थ्य कृषि र रोजगारीको व्यवस्था गर्नुपर्ने बताएका हुन्। उनले सार्वजनिक विद्यालयहरूमा पढाइ नहुने र सरकारी अस्पतालमा पर्याप्त स्वास्थ्य उपचार नहुने भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण […]