काठमाडौं नदी किनारका स्थानीयलाई सतर्क रहन बाढी पूर्वानुमानको अनुरोध

काठमाडौं : काठमाडौं उपत्यकाका नदी तथा खोला किनारका स्थानीय र करिडोरको सडक प्रयोग गर्दा सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।गएरातिदेखि नै विभिन्न स्थानमा भारी वर्षा भएकाले अझै केही समय सतर्कता अपनाउन भनेको हो। उपत्यकाको मनोहरा, गोदावरी, बागमती र विष्णुमती जलाधारको धेरै स्थानमा भारी वर्षा भएकोले जलसतह बढ्दो रहेको महाशाखा सुचना जारी गरी जानकारी गराएको हो।यसैबीच, आज बिहान सुदुरपश्चिम प्रदेश बाहेक सबै प्रदेशहरुमा हल्का देखि मध्यम वर्षा भएको छ । दिउँसो पनि देशका केही स्थानहरुमा मेघ गर्

सम्बन्धित सामग्री

काठमाण्डाै उपत्यकाका नदी तथा खाेलामा बाढी, ठाउँठाउँमा डुबान (फाेटाेफिचर)

काठमाण्डाै - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परिरहेको छ । लगातारको वर्षाले देशका धेरैजसो नदी तथा खोलामा बाढी आएको छ । काठमाण्डौ उपत्यकाका सबैजसो नदी र खोलामा बाढी आएको छ भने ठाउँठाउँमा डुबान भएकाे छ ।  बाग्मती, विष्णुमती, धोबीखोला, मनोहरालगायतमा नदीमा जलसतह बढ्दो छ । बाढी बढ्दो क्रममा रहेकाले बिहान ११ बजेसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । उपत्यकाका नदी तटीय क्षेत्र तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूलाई सतर्कता अपनाउन भनिएको छ । ...

लगातारको झरीले नदी र खोलामा बाढी, खिम्ती खोलाले सतर्कता तह पार गर्यो

काठमाण्डौ - काठमाण्डौसहित देशका धेरै ठाउँमा रातिदेखि नै झरी परेको छ । लगातारको झरीका कारण केही नदी खोलामा बाढी आएको छ । रामेछापको खिम्ती खोलाले सतर्कता तह पार गरेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । खिम्तीको रसनालु जलमापन केन्द्रमा गएराति नै बाढीले सतर्कता तह पार गरेको आज बिहानसम्म उच्च सावधानी अपनाउन महाशाखाले आग्रह गरेको हो । महाशाखाले देशका अरु साना नदी तथा खोलामा पनि पानीको बहाव बढेकोले सावधानी अपनाउन भनेको छ । महशाखाका अनुसार दोलखा, रामेछाप, ...

त्रियुगा नदी नियन्त्रणका लागि लगाइएको बाँध भत्कियो, खेतमा पस्यो बाढी

१८ असार, उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका-५ मा त्रियुगा नदी नियन्त्रणका लागि बेल्हा गाउतर्फ लगाएकाे बाँध बाढीले भत्काएको छ । बाँध भत्काएर करिब १० बिगाहा खेतमा बाढी पसेको छ । उद्घाटनअघि नै पुल भाँचिएपछि यस क्षेत्रका बासिन्दा समस्यामा परेका छन् । वर्षायाम नजिकिंदै जाँदा पनि नदी वारपार गर्ने कुनै विकल्प नहुँदा उनीहरू ज्‍यान जोखिममा राखेर […]

देशका विभिन्न नदी र खोलामा बाढी, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाण्डाै - रातभरिको झरीले विभिन्न नदी र खोलामा बाढी आएको छ । रौतहटमा वाग्मती नदीले खतराको तह पार गरेको छ । चितवन र नवलपरासीमा नारायणी नदी, रुपन्देहीमा तिनाउ, कपिलवस्तुमा बाणगङ्गा, सिन्धुलीमा कोशी र वाग्मती नदीमा पनि पानीको सतह बढ्ने गरी ठूलो पानी परिरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । नारायणी, कोशी, कर्णाली, महाकाली र यसका सहायक नदी तथा खोलाहरुमा पानीको बहाव बढ्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । देशका धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । मौसमविद्का अनुसार अबको के...

लगातारको वर्षासँगै देशका धेरै नदी तथा खोलामा बाढी, यी नदीमा बढ्दै छ बहाव

काठमाण्डाै - लगातारको वर्षासँगै देशका विभिन्न नदी र खोलामा बाढी आएको छ । नारायणी, दूधकोशी र तमोर नदीमा पानीको सतह बढ्दै गएकाले सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । चितवनको माडी क्षेत्रको छरछरे लगायत आसपासका क्षेत्रमा बिहानैदेखि ठूलो पानी परिरहेकाले खहरे खोलामा आकस्मिक बाढी आउनसक्ने अनुमान गरिएको छ । यस्तै, नवलपुरको अरुङ्ग र आसपासको क्षेत्रमा पनि बिहानैदेखि ठूलो पानी परिरहेको छ । ती क्षेत्रका स–साना नदीहरूमा आकस्मिक बहाव आउन सक्ने हुँदा तटीय क्षेत्र तथा पहिरोग्रस्त क्षेत्रमा हुनेहरूलाई सतर्क रहन ...

बाढी पहिरोकै बीचमा नदी खोलाको आकस्मिक बैठक

मानव बस्तीमा बाढी पहिरोले तहसनहस पारेपछि नदी र खोलाहरुमा पनि खैलाबैला मच्चियो । मानव बस्तीमा बसेर नदी खोलाले दुःख दिए भन्ने गुनासो सुनेपछि नदीको मुखियाले आकस्मिक बैठक बोलाए । बैठकमा सधैं एकनासले बगिरहने नदी, खोला तथा कहिलेकाहीँ मात्रै आफ्नो रुप देखाउने खोल्सा, खहरे, भेल, कुलोका प्रतिनिधि पनि उपस्थित भए ।मुखियाले सबैभन्दा पहिले नदीलाई सोधे : मान्छेहरुको बस्तीमा पसेर किन दुःख दिएको ? असार नलाग्दै नदी खोला बहुलायो भनेर हामीलाई गाली गरिरहेका छन् मान्छेले ।बस्ती नै सुसाउँदै आएको नदीका प्रतिनिधिले जवाफ दिए : हामी मा...

देशका धेरै ठाउँका नदी तथा खोलामा बाढी, नारायणीमा चेतावनीको तह पार

काठमाण्डाै – लगातारको वर्षाका कारण देशका धेरै ठाउँका नदी तथा खोलामा बाढी आएको छ । नारायणी, तिनाउ, गण्डकी नदीमा पानीको सतह लगातार बढ्दै  गएको छ भने अन्य खोला तथा खोल्सामा पनि बाढी आएको छ । नारायणी नदीमा पानीको सतहले चेतावनीको तह पार गरेको छ । नारायणी नदीमा पानीको बहाव ८ मिटरभन्दा माथि पुगेको छ । लगातारको वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले बाढी, डुबान तथा नदी कटान र इच्छाकामना गाउँपालिका लगायत ठाउँमा सतर्कता अपनाउन आग्रह गरेको छ । वाग्मती, गण्डकी र लु...

नदी खोलामा बाढी : कुन नदीको अवस्था के ?

काठमाण्डौ – अविरल वर्षासँगै नदी र खोलामा बाढी आएको छ । नारायणी र गण्डकी नदीका विभिन्न ठाउँमा पानीको बहावले खतराको सङ्केत पार गरेको छ । पछिल्लो ६ घण्टामा चितवनको भरतपुर, रामपुर र आसपासका क्षेत्रहरूमा भारी वर्षा भएको र थप बर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाले तटीय क्षेत्र र डुबान भइरहने होचा ठाउँमा हुनेहरूले भोलि बिहानसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । आज वाग्मतीसहित पाँच प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश ...

देशका धेरै नदी तथा खोलामा बाढी, आज पनि धेरै ठाउँमा झरी पर्ने

काठमाण्डाै - लगातारजसो परेको पानीका कारण देशका धेरै नदी तथा खोलामा बाढी आएको छ । सबैभन्दा धेरै गण्डकी प्रदेशमा वर्षा भएको छ । मौसमविद् मिनकुमार अर्यालका अनुसार आज पनि गण्डकी प्रदेशका धेरै ठाउँमा ठूलो पानी पानी पर्ने सम्भावना छ । गएको २४ घण्टामा म्याग्दीमा ८० मिलीमिटर पानी परेको छ । अहिले बुढीगण्डकी नदीमा बाढी आएको छ । तर नदीमा पानीको सतह बिस्तारै घट्दै जाने मौसमविद्ले बताएका छन् । महाकाली, कर्णाली, राप्ती, नारायणी, वाग्मतीलगायत नदीमा पनि बाढी आएको छ । यस्तै, वाग्मती प्रदेश र प्रदेश नम्बर १ र २ का केही ठाउँमा पन...