काठमाण्डौ - काठमाण्डौसहित देशका धेरै ठाउँमा रातिदेखि नै झरी परेको छ । लगातारको झरीका कारण केही नदी खोलामा बाढी आएको छ ।
रामेछापको खिम्ती खोलाले सतर्कता तह पार गरेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । खिम्तीको रसनालु जलमापन केन्द्रमा गएराति नै बाढीले सतर्कता तह पार गरेको आज बिहानसम्म उच्च सावधानी अपनाउन महाशाखाले आग्रह गरेको हो ।
महाशाखाले देशका अरु साना नदी तथा खोलामा पनि पानीको बहाव बढेकोले सावधानी अपनाउन भनेको छ । महशाखाका अनुसार दोलखा, रामेछाप, ...