काठमाण्डाै - लगातारजसो परेको पानीका कारण देशका धेरै नदी तथा खोलामा बाढी आएको छ । सबैभन्दा धेरै गण्डकी प्रदेशमा वर्षा भएको छ । मौसमविद् मिनकुमार अर्यालका अनुसार आज पनि गण्डकी प्रदेशका धेरै ठाउँमा ठूलो पानी पानी पर्ने सम्भावना छ । गएको २४ घण्टामा म्याग्दीमा ८० मिलीमिटर पानी परेको छ ।
अहिले बुढीगण्डकी नदीमा बाढी आएको छ । तर नदीमा पानीको सतह बिस्तारै घट्दै जाने मौसमविद्ले बताएका छन् । महाकाली, कर्णाली, राप्ती, नारायणी, वाग्मतीलगायत नदीमा पनि बाढी आएको छ । यस्तै, वाग्मती प्रदेश र प्रदेश नम्बर १ र २ का केही ठाउँमा पन...