काठमाण्डौ – अविरल वर्षासँगै नदी र खोलामा बाढी आएको छ । नारायणी र गण्डकी नदीका विभिन्न ठाउँमा पानीको बहावले खतराको सङ्केत पार गरेको छ । पछिल्लो ६ घण्टामा चितवनको भरतपुर, रामपुर र आसपासका क्षेत्रहरूमा भारी वर्षा भएको र थप बर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले तटीय क्षेत्र र डुबान भइरहने होचा ठाउँमा हुनेहरूले भोलि बिहानसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । आज वाग्मतीसहित पाँच प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश ...