काठमाडौं । माथिल्लो तामाकोसीका चार वटा युनिटबाट विद्युत् उत्पादन सुरु भएको छ । योसँगै तामाकोसीको ३ सय ४ मेगावाट विद्युत् केन्द्रीय प्रसारणलाइनमा जोडिएको छ । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले तामाकोसीको उत्पादन जोडिएसँगै प्राधिकरणको जडित क्षमता १७५० मेगावाट पुगेको जानकारी दिनुभयो । माथिल्लो तामाकोसीको ४५६ मेगावाटनै प्रणालीमा जोडिदा १९०० मेगावाट जडित क्षमता पुग्ने छ […]