बबईको पानी लिफ्ट गरेर खेतबारीमा पुगेपछि किसानमा छायो खुशी

असार २८, दाङ । कुनैवेला तुलसीपुर - १४ भोजपुर निवासी होताराम खत्रीलाई घरको नजिकैबाट बबई नदी बग्दा र आफ्नो खेतबारी बाँझै हुँदा अत्यन्तै पिर लाग्थ्यो । तर पछिल्लो सयम उनको त्यो दुःख पीडा खुशीमा परिणत भएको छ । बृहत्त दाङ सिंचाइ आयोजनामार्फत बबई नदीको पानी लिफ्ट गरेर खेतबारीमा पुगेपछि आजभोलि किसानहरुको दुःखको दिन फेरिएको छ । लिफ्ट गरेर पानी माथि तानिएपछि आकाशे पानीमा भर पर्नुपर्ने यहाँको किसानको समस्या टरेको छ । लिफ्ट प्रविधिबाट बबई नदीको पानी खेतबारीमा पुगेपछि अहिले आफूहरुले बाह्रै महीना सिंचाइ सुविधा पाएको किसानहरु बताउँछन् । ‘घरकै नजिकबाट नदी बग्दा र खेतवारी बाँझै हुँदा साह्रै पिडा भएर आउँथ्यो’, खत्रीले भने, ‘तर आजभोलि ती दिनहरु गएजस्तो लाग्छ, जतिवेला पनि खेतीबारीमा पानी लगाउन पाइएको छ ।’ बृहत्त दाङ सिंचाइँ आयोजना अन्तर्गत  लिफ्ट सिंचाइ आयोजना सम्पन्न भएपछि त्यहाँका करीव ६० घर किसानहरुले आफ्नो खेतवारीमा सहजै सिंचाइ सुविधा पाएका छन् । ६० घर किसानको करीब २९ बिघा मीनमा सिंचाइ सुविधा पुगेको आयोजनाका प्रमुख राजु आचार्यले बताए । बाह्रै महीना सिंचाइ सुविधा भएपछि त्यहाँका किसानहरुले मौसम अनुसारको विभिन्न खेतीहरु गरेर राम्रो आम्दानी पनि गरिरहेका छन् । करीब ७९ लाख रुपैयाँको लागतमा सञ्चालनमा ल्याइएको उक्त आयोजनामा १५ किलोवाट विद्युत् उत्पादन गर्न सक्ने सोलार जडान गरिएको आयोजना प्रमुख आचार्यले जानकारी दिए । केही स्थानमा सिंचाइ सुविधा पुगेपनि जिल्लाको अझै ५६ हजार हेक्टर जमीनमा सिंचाइ सुविधा पुग्न नसकेको र त्यसका लागि निरन्तर काम भइरहेको आचार्यको भनाइ छ । जिल्लामा हालसम्म २६ ओटा लिफ्ट सिंचाइ आयोजनामार्फत करीब ९०० हेक्टर जमीनमा सिंचाइ सुविधा पुगेको छ ।

सम्बन्धित सामग्री

कृषिमा आत्मनिर्भर बनाउन लिफ्ट सिँचाइ

तेह्रथुम– तेह्रथुमको म्याङलुङ नगरपालिका–१० तम्फुलामा केउरानी लिफ्ट सिँचाइ आयोजना सञ्चालन भएपछि स्थानीयबासी खुसी भएका छन् । केउरानी बस्तीको सुक्खा क्षेत्रमा सिँचाइका लागि स्थानीय खोरुङ्गा खोलाबाट लिफ्ट प्रविधिमार्फत् पानी ल्याएपछि स्थानीयबासीलाई सिँचाइ गर्न राहत मिलेको छ । उर्वर माटो भएर पनि सिँचाइ अभावमा खेतीपातीका लागि वर्षौंदेखि सकस भोगिरहेका तेह्रथुम म्याङलुङ–१० तम्फुलाका नागरिक यतिबेला भने हर्षित छन् […]

तेह्रथुममा लिफ्ट सिँचाइ आयोजना सञ्चानल, स्थानीय खुशी

तेह्रथुम । तेह्रथुमको म्याङलुकमा केउरानी लिफ्ट सिँचाइ आयोजना सञ्चानल भएपछि म्याङलुङवासीलाई राहत भएको छ । स्थानीय खोरुङ्गा खोलाबाट लिफ्ट प्रविधिबाट पानी ल्याएपछि स्थानीयलाई सिँचाइ तथा खानेपानीमा धेरै सुविधा भएको हो । तेह्रथुमको म्याङलुङ नगरपालिका– १० तम्फुलामा केउरानी लिफ्ट सिँचाइ आयोजना सञ्चानल भएपछि स्थानीय खुशी भएका छन् । केउरानी बस्तीको सुख्खा क्षेत्रमा सिँचाइका लागि स्थानीय खोरुङ्गा […]

डाेटीकाे दिपायलमा वृहत् लिफ्ट सिँचाइ याेजना निर्माण सुरु

डाेटी – डोटीको दिपायलमा पहिलो पटक वृहत् लिफ्ट सिँचाइ योजना निर्माण सुरु भएको छ । दिपायल सिलगढी नगरपालिकाले वडा नम्बर १, २ र ३ का लागि बासुधारामा रहेको सेती नदीबाट ६० लाख रुपैयाँ लागतमा लिफ्ट सिँचाइ योजना निर्माण अघि बढाएको हो । योजना निर्माणपछि सेती नदीको पानी दुई सय मिटर अग्लो उचाइमा 'रिजर्भ' गरिनेछ भने त्यसबाट झन्डै तीन हजार घरपरिवारले सिँचाइ गर्न पाउनेछन् । यो क्रमागत योजना भएकाले २०८० सालभित्र सक्ने गरी निर्माण सुरु गरिएको पनि नगर कार्यपालिकाको भनाइ छ । सिँचाइ सुविधापछि व्...

तनहुँमा सोलार लिफ्ट सिँचाइ योजना

तनहुँ, २९ फागुन । जिल्लाको शुुक्लागण्डकी र भीमाद नगरपालिकामा सोलार लिफ्ट सिँचाई योजना सम्पन्न भएको छ । शुक्लागण्डकी–१० को लोकेतिटार र भीमाद–७ को सिस्नेरी ठूलो फाँटमा सोलारका माध्यमबाट पानी लिफ्ट गरी सिँचाइको व्यवस्था गरिएको हो । योजना निर्माण सम्पन्न गरी सञ्चालनका लागि उपभोक्तालाई हस्तान्तरण गरिएको जलस्रोत सिँचाइ विकास डिभिजन कार्यालयका डिभिजन प्रमुख रमेशराज शर्माले जानकारी […]

भेरीको पानी लिफ्ट गरी कुदुमा सिँचाइ

पटक–पटक चुनावी नारा बन्दै आएको भेरी नगरपालिका –१३ कुदुमा लिफ्ट मार्फत सिँचाइ सुविधा पुगेपछि स्थानीयवासी खुसी भएका छन् । २ करोड ८० लाख रुपैयाँको लागतमा तीन ठाउँबाट भेरी नदीको पानी तानेर कुदुमा सिँचाइ सुविधा पुर्याएको हो ।भारी मात्रामा खेतीयोग्य जमिन भए पनि सिँचाइको अभावमा वर्षाको याममा मात्र खेती गरिँदै आएको कुदुमा अब १२ महिना सिँचाइ […]

आयोजना सकियो आएन पानी

बागलुङ नगरपालिका–१ माझी बस्तीमा खानेपानीको अभाव भएको छ । माझी बस्तीका स्थानीयले अहिले कालीगण्डकी किनारबाट पानी बोकेर खाँदै आएका छन् । माझीबस्तीमा खानेपानीको चरम अभाव टार्नका लागि खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङले तीन वर्षअघि सुरु गरेको माझी बस्ती लिफ्ट खानेपानी योजनाको पूर्वाधार निर्माण सम्पन्न भएको थियो । ती समुदाय अहिले पानी घरमा रित्तो धारो […]

लिफ्टबाट गाउँमै पानी पुगेपछि स्थानीय दंग

सुर्खेत : जाजरकोटको भेरी नगरपालिका–१२, विष्णेचौरमा लिफ्ट  सिँचाइमार्फत  गाउँमै  पानी  आएपछि  गाउँका बासिन्दा खुसी भएका हुन्।सिँचाइ   सुविधाद्वारा   कृषि   उत्पादन   बढाउन,   आयआर्जनमा   सुधार   ल्याउनका लागि ८० प्रतिशत  अनुदान  सहयोगमा उक्त लिफ्ट सिँचाइ योजना निर्माण गरिएको हो।सिँचाइका लागि ल्याइएको पानी प्रशोधन गरेर पिउनयोग्य बनाइएको स्थानीयबासीले जानकारी दिएका छन्।विष्णेचौरवासीले पुर्

लिफ्टमार्फत गाउँगाउँमा पानी पुग्दा स्थानीय हर्षित

जाजरकोट – जिल्लाको भेरी नगरपालिका-१२ विष्णेचौरमा लिफ्ट सिँचाइमार्फत पानी आएपछि गाउँका बासिन्दा खुसी भएका छन्। सिँचाइ सुविधाद्वारा कृषि उत्पादन बढाउन र आयआर्जनमा सुधार ल्याउनका लागि ८० प्रतिशत अनुदान सहयोगमा उक्त लिफ्ट सिँचाइ योजना निर्माण गरिएको हो। सिँचाइका लागि ल्याइएको पानी प्रशोधन गरेर पिउनयोग्य बनाइएको स्थानीयवासीले जानकारी दिएका छन्। विष्णेचौरवासीले पुर्खौँदेखि पानीका लागि दुःख भोग्दै आएका […]

सुनकोशीको पानी घरघर वितरण, वर्षौंको प्यास मेटिँदै

सिन्धुली : सुनकोशी नदीमा बाह्रै महिना कलकल्ती पानी बगिरहन्छ।तर त्यही नदी माथि डाँडामा रहेका सुनकोशी गाउपालिका वडा नं. ६ चयनपुर र तीनखोप्रेका स्थानीय भने सधैं पानीको हाहाकार खेपिरहन्थे। अब भने सुनकोशी गाउपालिका–६ का स्थानीयले पानीको हाहाकार सहनु पर्दैन।एक करोड रुपैयाँभन्दा बढी लगानीमा सुनकोशी नदी किनारको पानी लिफ्ट विधिबाट बस्तीसम्म पुर्‍याइएको छ। नेपाल रेडक्रस सोसाइटी सिन्धुली र सुनकोशी गाउँपालिकाको लगानीमा वडा नं. ६ मा एकै पटक दुई ठूला लिफ्ट खानेपानी आयोजना निर्माण गरिए

कालीगण्डकीको पानी लिफ्ट गरेर तानसेनमा

तानसेनमा लिफ्टिङ खानेपानी आयोजनाअन्तर्गतको पहिलो चरणको काम सकिएको छ । तानसेन–१३, बौघागुम्हास्थित कालीगण्डकी नदीबाट बोरिङ गरी तानसेन कैलाशनगरस्थित बतासेडाँडाको भण्डारसम्म पानी ल्याउने काम पूरा भएको छ ।छवटा स्टेसनमार्फत एक हजार ४४ मिटर उचाइमा रहेको रिजर्ब ट्याङ्कीमा पानी ल्याउने काम सम्पन्न भएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय अर्घाखाँचीले जनाएको छ । दुई वर्षअघि नै सक्नुपर्ने खानेपानी आयोजनाको पहिलो चरणको काम सकिएको कार्यालय प्रमुख रामप्रसाद घिमिरेले जानकारी दिए ।पह