सिन्धुली : सुनकोशी नदीमा बाह्रै महिना कलकल्ती पानी बगिरहन्छ।तर त्यही नदी माथि डाँडामा रहेका सुनकोशी गाउपालिका वडा नं. ६ चयनपुर र तीनखोप्रेका स्थानीय भने सधैं पानीको हाहाकार खेपिरहन्थे। अब भने सुनकोशी गाउपालिका–६ का स्थानीयले पानीको हाहाकार सहनु पर्दैन।एक करोड रुपैयाँभन्दा बढी लगानीमा सुनकोशी नदी किनारको पानी लिफ्ट विधिबाट बस्तीसम्म पुर्याइएको छ। नेपाल रेडक्रस सोसाइटी सिन्धुली र सुनकोशी गाउँपालिकाको लगानीमा वडा नं. ६ मा एकै पटक दुई ठूला लिफ्ट खानेपानी आयोजना निर्माण गरिए