सर्लाहीको महालक्ष्मी उद्योमा उखु क्रसिङ बन्द, किसानले भने भुक्तानी पाएनन्

सर्लाही : सर्लाहीको गोडैता नगरपालिकामा रहेको महालक्ष्मी चिनी उद्योग बगदाह झण्डै नौ लाख क्विन्टल उखु क्रसिङ गरी बन्द गरिएको छ।गत पुस ५ गतेदेखि सञ्चालनमा आएको उद्योग आठ लाख ९० हजार क्विन्टल उखु पेलेर यो वर्षका लागि बन्द भएको उद्योगका प्रशासकीय प्रबन्धक वीरेन्द्रकुमार श्रीवास्तवले जानकारी दिए।दुई दिनअघि नै उद्योग बन्द भए पनि किसानले भने भुक्तानी पाइसकेका छैनन्। उद्योगले सुरुको पाँच दिन पेलेको उखुको भुक्तानी दिए पनि त्यसपछिको भुक्तानी नदिएको किसानहरुले गुनासो गरेका छन्।उद्योगका प्रशासकीय अ

सम्बन्धित सामग्री

उखु किसानको सत्र करोड भुक्तानी

तीन साता अघिदेखि उखु क्रसिङ सुरु गरेको इन्दुशङ्कर चिनी उद्योग हरिवनले किसानलाई १७ करोड रुपियाँ भुक्तानी गरेको छ ।

सर्लाहीमा ११ लाख क्विन्टल उखु क्रसिङ, २५ करोडभन्दा बढी भुक्तानी

चालु सिजनको हालसम्म सर्लाहीमा ११ लाख क्विन्टलभन्दा बढी उखु क्रसिङ भएको छ। जिल्लामा रहेका दुई वटा उद्योगले गरेर उक्त परिमाणमा उखु क्रसिङ गरेका हुन्। सर्लाहीमा हाल तीनवटा चिनी उद्योग रहेपनि हालसम्म...

उखु किसानलाई पैसा दिन चीन उद्याेगकाे आलटाल

सर्लाही । उखु क्रसिङ सकेर बन्द भएका सर्लाहीका दुईवटा चिनी उद्योगले किसानको भुक्तानी दिन आलटाल गरेका छन् । अन्नपूर्ण चिनी उद्योग धनकौल र महालक्ष्मी चिनी उद्योग बगदहलाई उखु दिएका किसानले मिल बन्द भएको एक महिनासम्म पनि भुक्तानी नपाएको गुनासो गरेका हुन् । यी दुवै चिनी उद्योगबाट महिनौँसम्म भुक्तानी नपाउँदा किसानले वर्षेनी आन्दोलन गर्दै आइरहेका छन् […]

अन्नपूर्ण चिनी मिल सञ्चालन हुने

दुई वर्षदेखि बन्द रहेको अन्नपूर्ण चिनी उद्योग सञ्चालन हुने भएको छ । सोमबार बिहान चिनी उद्योग सञ्चालन हुनुपूर्व गरिने डोङ्गा पूजा गरेर उद्योग सञ्चालन गर्ने निश्चित भएको हो । अब एक/दुई दिनभित्रै उखु क्रसिङ सुरु गरिने उद्योगका सञ्चालक शैलेन्द्रकुमार गुप्ताले जानकारी दिए। किसानबाट खरिद गरेको उखुको भुक्तानी दिन नसक्दा यो उद्योग दुई वर्ष सञ्चालनमै आउन सकेको थिएन । यस वर्ष नयाँ उद्योगीले उद्योग खरिद गरेर सञ्चालनमा ल्याएका हुन् । सर्लाहीको धनकौलमा रहेको यो उद्योगले अधिकांश किसानको भुक्तानी गरिसकेको जानकारी दिँदै कसैको भुक्तानी लिन ब...

उखु किसानलाई साढे ७६ करोड अनुदान

सरकारले उखु किसानलाई अनुदानबापतको साढे ७६ करोड रुपैयाँभन्दा बढी वितरण गरेको छ । आठ जिल्लाका किसानको खातामा सरकारले ७६ करोड ६१ लाख ४२ हजार २ सय ९४ रुपैयाँ भुक्तानी गरेको हो ।उखु क्रसिङ गरेका चिनी उद्योगबाट प्राप्त तथ्यांकका आधारमा किसानको खातामा सरकारले अनुदानबापत भुक्तानी गर्नुपर्ने प्रतिक्विन्टल ६५.२० रुपैयाँका दरले रकम जम्मा गरिएको कृषि मन्त्रालयले जानकारी […]

उखु किसानलाई सरकारले गर्‍यो भुक्तानी

काठमाडौं । विभिन्न चिनी मिललाई उखु दिएका आठ जिल्लाका किसानलाई सरकारले ७६ करोड ६१ लाख ४२ हजार दुई सय ९४ रुपैयाँ भुक्तानी गरेको छ । गत वर्ष सञ्चालनमा आएका १० चिनी उद्योगले एक करोड १९ लाख ४० हजार क्विन्टल उखु क्रसिङ गरेका थिए । उखु क्रसिङ गरेका चिनी उद्योगबाट प्राप्त तथ्यांकका आधारमा किसानको खातामा सरकारले […]

किसानले पाउन थाले उखुको भुक्तानी

सर्लाहीको हरिवनमा रहेको इन्दुशङ्कर   चिनी   उद्योगले   उखु   किसानलाई भुक्तानी दिन शुरू गरेको छ । गएको  पुस  १५  गतेबाट  उखु  क्रसिङ  शुरू गरेको   यो   उद्योगले   अहिलेसम्म   किसानलाई २७  करोड  रुपियाँ  भुक्तानी  गरिसकेको  उद्योगका प्रशासकीय  अधिकृत  ठाकुर  नेपालले  जानकारी दिनुभयो ।  उहाँका   अनुसार   किसानसँग   पुस मसान्तसम्म  लिएको  उखुको  भुक्तानी &...

सर्लाहीका चिनी मिलमा उखु अभाव

सर्लाही – सर्लाहीमा रहेका चिनी मिलहरूमा उखुको अभाव भएको छ । चिनी उद्योगहरूबाट समयमा भुक्तानी नपाएपछि उखु खेती गर्ने किसान घटेसँगै मिलहरूमा उखुको अभाव सुरु भएको हो । पुष पहिलो हप्ताबाट यस वर्षको उखु क्रसिङ गर्न थालेको एभरेस्ट सुगर मिलले यस बेला मुस्किलले दैनिक १० देखि १२ घण्टासम्म मात्रै उखु क्रसिङ...

उखु किसानलाई इन्दुशङ्करद्वारा बयालीस करोड भुक्तानी

सर्लाहीको हरिवनमा रहेको इन्दुशङ्कर चिनी उद्योगले किसानलाई उखुको भुक्तानी दिन थालेको छ । पुस ७ गतेदेखि उखु क्रसिङ सुरु गरेको इन्दुशङ्करले पुस मसान्तसम्म किसानबाट खरिद गरेको उखुको भुक्तानी गरिसकेको उद्योगका उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिनुभयो ।

तत्काल भुक्तानी नपाए आन्दोलन गर्ने उखु किसानकाे चेतावनी

जनकपुरधाम : नेपाल उखु उत्पादक महासंघ नेपालले उखु किसानहरूले तत्काल उखुको भुक्तानी नपाए आन्दोलन गर्ने चेतावनी दिएकाे छ। महासंघले आइतबार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाउँदै तत्काल मूल्य निर्धारण नहुन्जेलसम्म उखु क्रसिङ सुरु गरे पनि उखु सकिनै लाग्दासमेत किसानले भुक्तानी नपाएको गुनासो गर्दै तत्का...