अन्नपूर्ण चिनी मिल सञ्चालन हुने

दुई वर्षदेखि बन्द रहेको अन्नपूर्ण चिनी उद्योग सञ्चालन हुने भएको छ । सोमबार बिहान चिनी उद्योग सञ्चालन हुनुपूर्व गरिने डोङ्गा पूजा गरेर उद्योग सञ्चालन गर्ने निश्चित भएको हो । अब एक/दुई दिनभित्रै उखु क्रसिङ सुरु गरिने उद्योगका सञ्चालक शैलेन्द्रकुमार गुप्ताले जानकारी दिए। किसानबाट खरिद गरेको उखुको भुक्तानी दिन नसक्दा यो उद्योग दुई वर्ष सञ्चालनमै आउन सकेको थिएन । यस वर्ष नयाँ उद्योगीले उद्योग खरिद गरेर सञ्चालनमा ल्याएका हुन् । सर्लाहीको धनकौलमा रहेको यो उद्योगले अधिकांश किसानको भुक्तानी गरिसकेको जानकारी दिँदै कसैको भुक्तानी लिन ब...

सम्बन्धित सामग्री

सर्लाहीमा चिनी मिलमा उखु क्रसिङ सुरु

सर्लाही– सर्लाहीमा चिनी मिल सञ्चालकले उखु क्रसिङ थालेका छन् । यहाँका तीनवटा चिनी मिलमध्ये दुईवटाले उखु क्रसिङ सुरु गरेका हुन् । हरिवन नगरपालिका–११ स्थित इन्दुशङ्कर चिनी उद्योग र महालक्ष्मी चिनी उद्योग बगदहले चालु यामका लागि उखुको क्रसिङ सुरु गरेका छन् । अन्नपूर्ण चिनी मिल धनकौलले भने अझै उखु क्रसिङ सुरु गरेको छैन । गत मङ्सिर […]

अन्नपूर्ण चिनी मिल एक अर्ब रुपैयाँमा बिक्री

२२ मंसिर, काठमाडौं । उखु किसानको बक्यौता चुक्ता गर्न नसकेर बन्द भएको अन्नपूर्ण चिनी मिल बिक्री भएको छ । उद्योगी राकेश अग्रवालले आफ्नै व्यापारिक साझेदार ज्ञानप्रसाद भट्टराईलाई एक अर्ब रुपैयाँमा मिल बिक्री गरेका हुन् । कुल एक अर्ब रुपैयाँमा मिलको सम्पूर्ण स्वमित्व बिक्री गर्न सम्झौता भएको अग्रवालको पारिवारिक स्रोतले अनलाइनखबरलाई बतायो । ‘विविध कारणले मिल […]

किसानले पाएनन् उखुको भुक्तानी

उखु किसानहरूले अहिलेसम्म पनि भुक्तानी पाएका छैनन् । २०७१ सालदेखिकै करिब १३ करोड रुपैयाँ उद्योगीले अझै पनि किसानलाई दिएका छैनन् । बक्यौता रकम तुरुन्तै नदिए दसैंपछि आन्दोलन चर्काउने उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्रले बताए। ‘हिन्दुको दसैं जस्तो ठूलो चाडपर्वमा पनि किसानलाई भुक्तानी दिइएको छैन,’ उनले भने।अन्नपूर्ण चिनी मिल सर्लाहीले किसानको ६ करोड तिर्न बाँकी छ। श्रीराम सुगर मिल रौतहटले तीन करोड भुक्तानी अझै गरेको छैन। इन्द्र सुगर मिल नवलपरासी र लुम्बिनी चिनी मिलले किसानको दुई