रुपन्देहीको सीमा क्षेत्रमा कोभिड– १९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को सङ्क्रमण भित्रिन नदिन उच्च सर्तकता अपनाइएको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अध्यक्षतामा बसेको जिल्ला कोभिड– १९ सङ्कट व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले सो निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले जानकारी दिए । उनले बढी आवतजावत हुने जिल्लाको बेलहिया नाकालगायतका अन्य विभिन्न नाकामा पनि उच्च सर्तकता अपनाउन सम्बन्धित पालिकालाई पत्राचार गरिएको समेत जानकारी दिए । “वि