सहकारी ठगीको आरोप लागेका गृहमन्त्री रवि लामिछाने मोलमोलाइ गरेर पदमा बसेका छन् । उनी ठीक भए छानबिन समिति बनाएर निष्पक्ष छानबिन गर भन्नुपर्थ्यो । उनले पार्टीका अन्य व्यक्तिलाई गृह मन्त्रालय दिन सक्थे । किन उनी नै टाँसिनुपर्यो ? कि रास्वपामा योग्य व्यक्ति अरू कोही छैन ? गृहमन्त्रीज्यू, मीठो बोलेर भएन, जिम्मेवार मन्त्रालयमा बसेपछि जनताले गरेको प्रश्नको उत्तर दिनुपर्यो । अहिलेको समस्या भनेको नेतामा नैतिकता रहेन । नेता भएपछि जे गरे पनि हुन्छ भन्ने मानसिकता बन्यो । जसका कारण देशमा अराजकता बढ्दै गयो ।