नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माबारे उठेको प्रश्नमा छानबिन गर्न संसदीय समिति बनाउन माग गरेपनि माओवादीले पनि आफ्नो अडान राखेको छ । आगामी आर्थिक वर्षको बजेटमा निश्चित घरानालाई फाइदा हुनेगरी करका दरहरु परिर्वतन गरेको भन्दै एमालेले छानविन गर्न माग गरेपछि माओवादीले पनि आफ्नो धारणा राखेको हो । माओवादीले यसअघि प्रश्नको घेरामा रहेका अर्थमन्त्रीहरूमाथि पनि एकसाथ छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउनुपर्ने माग गरेको हो । बजेटबारे यसअघिका अर्थमन्त्रीहरू विवादमा तानिने गरेका थिए । हाल एमालेमा र