काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक हमला वा ज्यान तलमाथि भइहाल्यो भने पनि अनौठो नमान्न कार्यकर्ताहरूलाई ढाडस दिएका छन् । सोमबार पोखरामा आफ्नो पक्षका कार्यकर्तालाई प्रशिक्षित गर्दै प्रधानमन्त्री ओलीले पार्टीको नेतृत्वमा रहेका हुनाले, यस पार्टीलाई अघि बढाइरहेको हुनाले, सरकार प्रभावकारी र गतिशील ढंगले सञ्चालन गरिरहेको हुनाले, विकास निर्माणको कामहरूले गति लिइरहेको हुनाले आफूमाथि प्रहार केन्द्रित रहेको बताए ।उनले अगाडि भने, ‘यदि ममाथि कुनै शारीरिक हमला नै भयो वा मेरो ज्यान