हुम्ला। कोरोना रोकथाम र नियन्त्रणका लागि हिमाली जिल्ला हुम्लामा वैशाख २१ गते जारी गरिएको निषेधाज्ञा पाँचौँ पटक ७ दिनका लागि थपिएको छ । कोरोनाको सम्भावित जोखिम कम गर्न वैशाख २१ गतेबाट एक हप्ताका लागि जारी गरिएको निषेधाज्ञा जिल्लामा पछिल्लो वस्तुस्थिति बुझेर आज (बुधवार) बसेको जिल्ला कोभिड १९ व्यवस्थापन समितिको बैठकले ७ दिनका लागि निषेधाज्ञा केही खुकुलो पारेर जिल्ला प्रशासन कार्यालय हुम्लाले एक आदेश जारी गर्दै असार २ गते राती १२ बजेबाट असार १० गते राती १२ बजेसम्म लम्ब्याइएको जिल्ला कोभिड १९ व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए ।