काठमाडौं : बुटवलदेखि पाल्पाको वसन्तपुरसम्म निर्माणाधीन लुम्बिनी केबलकार आगामी फागुनदेखि संचालनमा आउने भएको छ।
काठमाडौंमा शुक्रबार आयोजित कम्पनीको १९औं वार्षिक साधारण सभामा लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकार टावरहरुको सिभिल निर्माणको काम लगभग सकिएको र फागुनदेखि संचालनमा आउने बताए।
‘केबलकार टावरहरुको सिभिल निर्माण कार्य सम्पन्न भइसकेको छ। टप स्टेसनमा…