भूकम्पपछि पुनर्निर्माण गरेर दोस्रो किस्ताका लागि योग्य लाभग्राहीले गाउँपालिका/नगरपालिकाको सिफारिसमा अग्रिम रुपमा तेस्रो किस्ता पाउने भएका छन्। स्थानीय तहको जिम्मामा लाभग्राहीले पाँच महिनाभित्र घर सम्पन्न गर्ने शर्तमा तेस्रो किस्ता आवास अनुदान पाउने व्यवस्था भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ। निजी आवास निर्माणमा लाभग्राहीलाई अग्रिमरुपमा तेस्रो किस्ताको रकम उपलब्ध होस् भनी प्राधिकरणले गरेको प्रस्तावलाई अर्थ मन्त्रालयले…