काठमाडौं । खल्ती डिजिटल वालेटले नेपालका लागि टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्ससँगको सहकार्यमा टीभीएसको सबै सवारी साधनहरुको किस्ता खल्ती बाटै तिर्न सकिने सुविधा ल्याएको छ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्न तथा कोभिड महामारीका बेला सबै प्रकारको किस्ता सहजै तिर्न सकियोस् भन्ने उद्देश्यले यो सुविधा ल्याइएको कम्पनीले जनाएको छ ।खल्ती डिजिटल वालेट र जगदम्बा मोटर्स बीचको सम्झौतामा हस्ताक्षर भए पश्चात ग्राहकहरुले जुनसुकै समयमा टीभीएसको मोटरसाइकल, स्कुटर, टेम्पो जस्ता सबै सवारी साधनहरुको किस