इसेवाबाट बैंकको किस्ता भुक्तानी निःशुल्क

भुक्तानी सेवा प्रदायक इसेवाबाट कुनैपनि सदस्य बैंकको किस्ता निःशुल्क तिर्न सकिने भएको छ । यो सुविधा मंगलबारदेखि असार मसान्तसम्म लागु हुने कम्पनीले जनाएको छ । यो अवधिमा इसेवाका कुनैपनि सदस्य बैंक तथा वित्तीय संस्थाको किस्ता तिर्दा अथवा रकम पठाउँदा कुनै पनि किसिमको शुल्क लाग्ने छैन । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने तथा कोभिड महामारीका बेला सहजै […]

सम्बन्धित सामग्री

मोटर बीमामा ‘नेको’को नौलो पोलीसी : गाडी ग्यारेजमा गए बैंकको किस्ता तिरिदिने !

काठमाडौं । गाडी दुर्घटनामा परेमा क्षतिपूर्ति त जुनसुकै बीमा कम्पनीले पनि दिन्छन् । तर, तपाईंको घरखर्च चलाउन र बैंकको किस्ता तिर्न दिनहुँ सडकमा निस्कनै पर्ने गाडी दुर्घटना भएर महीनौंसम्म ग्यारेजमा थन्कियो भने के गर्नुहुन्छ ? सम्भवत तपाईंले साथीभाइसँग सापटी मागेर बैंकको किस्ता तिर्नुहुन्छ । घरखर्च चलाउन अन्य काम खोज्नुहुन्छ । काम पाउनु भएन भने घरखर्च पनि सापटी मागेरै चलाउनुहुन्छ । साथीभाइबाट भनेको समयमा सापटी पाइएन भने बैंकलाई जरिवानासहित किस्ता तिर्नुहुन्छ । तर, तपाईंले नेको इन्स्योरेन्समार्फत गाडीको बीमा गरेको भए तपाईंको गाडी ग्यारेजमा थन्किएको समयमा बैंकलाई तिर्ने किस्ता नेकोले तिरिदिन्थ्यो । त्यसको लागि तपाईंले ‘मोटर लस अफ प्रोफिट पोलीसी (एमएलओपी)’ खरीद गरेको हुनुपर्थ्यो । गाडीको बीमा जुनसुकै कम्पनीमार्फत गरे पनि एउटै दररेट लागू हुन्छ । नेकोमा गाडीको बीमा गर्दा लाग्ने पैसा पनि उही हो । तर, तपाईंको बैंकलाई तिर्ने ३ महीनाको किस्ता रकमको ५ प्रतिशत प्रिमियम तिर्ने हो भने तपाईंको गाडी ३ महीनासम्म ग्यारेजमा रह्यो भने पनि बैंकको तनाव लिनु नपर्ने कम्पनीका प्रमुख बजार अधिकृत विशालकुमार थापाले बताए । मानौं तपाईंको गाडीको मासिक किस्ता ५० हजार रुपैयाँ छ भने ३ महीनाको किस्ता रकम १ लाख ५० हजार रुपैयाँ हुन्छ । तपाईंले यसको लागि ७ हजार ५०० रुपैयाँ अतिरिक्त तिर्ने हो भने वर्षभरिमा ३ महीनाको किस्ता बीमा कम्पनीले तिरिदिन्छ ।  यो पोलीसीले दुर्घटनाका कारण तपाईंको गाडी १ महीना ग्यारेजमा बस्दा १ महीनाकै र ३ महीनासम्म ग्यारेजमा थन्किएको अवस्थामा ३ महीनासम्मकै किस्ता रकम कम्पनीले तिरिदिन्छ । मासिक किस्ता बढीमा १ लाख रुपैयाँसम्मको लागि कम्पनीले एमएलओपी बीमा गर्छ । वर्षमा बढीमा ३ महीनाको ३ लाख रुपैयाँसम्म बैंकको किस्ता कम्पनीले तिरिदिन्छ । ‘जिन्दगीभर दु:ख गरेर जोडेको पैसामा बैंकको ऋणसमेत थपेर गाडी किनेको हुन्छ । गाडी चलाउन थालेको ४/६ महीनामै दुर्घटनामा परेर ग्यारेजमा थन्कियो भने त सामान्य मान्छेको जिन्दगी नै बर्वाद हुन्छ,’ बजार अधिकृत थापाले भने, ‘कम्तिमा ग्यारेजमा थन्किएको समयको किस्ता बीमाले कभर गरिदियो भने गाडी किन्नेलाई थप आर्थिक भार त पर्दैन ।’ विदेशतिर यस्तो बीमा पोलीसीमा सवारीधनी निकै आकर्षित भएका छन् । नेपालमा भने नेकोले पहिलोपटक यस्तो पोलीसी सार्वजनिक गरेको र अहिलेसम्म नेकोमा मात्रै यस्तो सुविधा रहेको पनि थापाले बताए ।  निजी सवारीधनीलाई ५० हजार निजी सवारीधनीले भने वार्षिक ५० हजार रुपैयाँसम्म अतिरिक्त सुविधा पाउँछन् । उनीहरूले जतिसुकै किस्ता रकम तिर्ने गरी गाडी किनेको भए पनि २ हजार रुपैयाँ अतिरिक्त प्रिमियम तिर्दा वैकल्पिक सवारीसाधन प्रयोगका लागि भनेर कम्पनीले ५० हजार रुपैयाँसम्मको सुविधा दिने गरेको थापाले बताए । कम्पनीको मोटर बीमा पोलीसीले आफ्नै कारण भएको सानो तिनो दुर्घटनामा २ लाख रुपैयाँसम्मको दाबी ‘अन द स्पट’ दिने गरेको छ । यसको लागि पुलिस रिपोर्ट पनि बनाउनु पर्दैन । दुर्घटना भएको फोटो खिचेर कम्पनीको ह्वाट्सएप वा भाइबरमा पठाइदियो भने केही समयमै २ लाख रुपैयाँसम्मको दाबी भुक्तानी कम्पनीले दिने गरेको थापाले बताए । यो योजना २ पाङ्ग्रे र ४ पाङ्ग्रे सबैखाले सवारीसाधनमा उपलब्ध छ ।  २ लाख रुपैयाँभन्दा ठूलो क्षति भएको छ भने कम्पनीले मूल्याङ्कन गरेर १/२ दिनमा दाबी भुक्तानी दिने गरेको उनले बताए । कम्पनीले कृषि बीमा, सम्पत्ति बीमा, इन्जिनियरिङ बीमा, ट्राभल बीमा लगायतका पोलीसीहरूमा पनि भिन्न खालका योजनाहरू ल्याएको छ । अमेरिकन इन्स्योरेन्स ग्रुपको नेटवर्क पार्टनर रहेको नेको इन्स्योरेन्समा कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक र नागरिक लगानी कोष गरी ३ ओटा सरकारी संस्थाहरू प्रवर्द्धक  छन् ।

कुमारी बैंक र फोनपेबीच सहकार्य

फोनपे पेमेन्ट सर्भिसको नेटवर्कमा कुमारी बैंकको मोबाईल एपमार्फत् किस्ताबन्दीमा रकम तिर्न सकिने भएको छ । एफवानसफ्ट, फोनपे र कुमारी बैकको सहकार्यमा कुमारी बैंकका ग्राहकलाई यस्तो सुविधा प्रदान गरिएको हो ।यस सुविधामा कुमारी बैंकमा खाता रहेका ग्राहकले क्यूआरमार्फत भुक्तानी गर्दा तत्काल नगद अथवा किस्ता बन्दीमा रकम भुक्तानी गर्न सक्नेछन् । यसका लागि ग्राहकले कुमारी बैंकको फोनलोन […]

कुमारी बैंकको मोबाईल एपमार्फत फोनपेमा किस्ताबन्दीमा रकम भुक्तानी गर्न  सकिने

नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेडको नेटवर्कमा कुमारी बैंकको मोबाइल एप्स् मार्फत किस्ताबन्दीमा रकम तिर्न सकिने भएको छ ।  एफवानसफ्ट, फोनपे र कुमारी बैकको सहकार्यमा कुमारी बैंकका ग्राहकलाई यस्तो सुविधा प्रदान गरिएको हो । यस सुविधामा कुमारी बैंकमा खाता रहेका ग्राहकले क्यूआर मार्फत भुक्तानी गर्दा तत्काल नगद अथवा किस्ता बन्दीमा रकम भुक्तानी गर्न सकिनेछ । यो सुविधाका लागि ग्राहकले कुमारी बैंकको फोनलोन सुविधाका लागि योग्य भएको हुनुपर्नेछ। कुमारी बैंकको मोबाइल एप्स् मार्फत क्यूआर भुक्तानी गर्...

इसेवाबाट कुनैपनि बैंकको किस्ता निःशुल्क भुक्तानी गर्न सकिने

न्युज अफ नेपाल, काठमाडौं । इसेवाबाट कुनैपनि सदस्य बैंकको किस्ता निशुल्क तिर्न सकिने भएको छ । यो सुविधा असार २२ गते मंगलबारदेखि असार मसान्तसम्म लागु हुनेछ । यो अवधिमा इसेवाका कुनैपनि सदस्य बैंक तथा वित्तीय संस्थाको किस्ता तिर्दा अथवा रकम पठाउँदा कुनै पनि किसिमको शुल्क लाग्ने छैन । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने तथा कोभिड महामारीका […]

इसेवाबाट कुनेपनि बैंकको किस्ता निःशुल्क भुक्तानी गर्न सकिने

काठमाडौं । नेपालको भुक्तानी सेवा प्रदायक इसेवाबाट कुनैपनि सदस्य बैंकको किस्ता निःशुल्क तिर्न सकिने भएको छ । यो सुविधा असार २२ गते मंगलबार देखि असार मसान्तसम्म लागु हुनेछ । यो अवधिमा इसेवाका कुनैपनि सदस्य बैंक तथा वित्तीय संस्थाको किस्ता तिर्दा अथवा रकम पठाउँदा कुनै पनि किसिमको शुल्क लाग्ने छैन । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने तथा कोभिड महामारीका बेला सहजै ऋणको किस्ता तिर्न सकियोस् भन्ने उदेश्यले यो सुविधा दिइएको इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले बताए । उनले भने, &lsqu

असारभित्र किस्ता र ब्याज बुझाउनेलाई राष्ट्रिय वाणिज्य बैंकको १० प्रतिशत छुट

राष्ट्रिय वाणिज्य बैंकले कर्जाको किस्ता या ब्याज भुक्तानी बुझाउनेहरुका लागि १० प्रतिशत छुट गर्ने भएको छ । बैंकले विज्ञप्तिमार्फत कोरोना संक्रमणका कारण प्रभावित भएको उद्योग एवम् व्यवसाय निरन्तरता एवम् पुनरुत्थानका लागि १० प्रतिशत छुटको व्यवस्था गर्ने भएको हो । कोरोना भाइरसको संक्रमणले निम्त्याएको संकटका कारण कतिपय ऋणीको व्यावसायिक कारोबार बन्द भएकाले यो महिनाभित्र कर्जाको किस्ता […]

बैंकको किस्ता भुक्तानी गर्ने समय छ महिना थप्न यातायात व्यवसायीको माग

पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिले बैंक तथा वित्तीय संस्थाबाट यातायात व्यवसायीले लिएको ऋणको किस्ता भुक्तानी गर्ने समय छ महिना थप गर्न माग गरेको छ । पोखरामा प्रधान कार्यालय रही देशको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म यातायात सेवा दिँदै आएको प्रालिले बुधबार यहाँ पत्रकार सम्मेलन आयोजना गरी कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि जारी बन्दाबन्दीले सार्वजनिक यातायात सञ्चालन हुन नसक्दा व्यवसायीहरु बैंकको किस्ता तिर्न सक्ने अवस्थामा नरहेकाले सरकारले कर्जा भुक्तानीको समय थप गर्ने व्यवस्था गरिदिन माग गरेको हो ।