प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्ष र विपक्षमा भएका प्रदर्शनका कारण सर्वोच्च अदालत परिसरमा तनाव उत्पन्न भएको छ ।
चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै बार एसोसिएसनले अदालतभित्र शान्तिपूर्ण धर्ना दिइराख्दा अदालतबाहिर चोलेन्द्रका समर्थकहरूले नाराबाजी गरेका छन् ।
उनीहरूले नागरिकलाई न्यायको हकबाट वञ्चित गर्न नपाइने भन्दै प्रदर्शन गरे । त्यसक्रममा प्रहरीसँग सामान्य झडप समेत भएको थियो । केहीलाई प्रहरीले पक्राउ गरेको छ ।
आन्दोलन बिथोल्ने उद्देश्यले बाहिर नाराबाजी भएपछि भित्रबाट पनि कानून व्यवसायीले चोलेन्द्र प्रवृत्ति मुर्दा...