काठमाण्डाै - कानुन व्यवसायीको विरोध प्रदर्शनमा झडप भएको छ । सर्वोच्च अदालत अगाडि आन्दोलनरत पक्ष र विपक्षका कानुन व्यवसायीहरुबीच झडप भएको हो ।
झडपपछि केहीलाई प्रहरीले पक्राउ गरेको छ । कानुन व्यवसायीको विरोध प्रदर्शनलाई मध्यनजर गर्दै सर्वोच्च अदालत आसपासमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
सर्वोच्चको वरिपरि सुरक्षाकर्मी खटिएका छन् । आज कानुन व्यवसायीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च अदालतभित्र प्रवेश गर्न नदिने तयारी गरेका छन् । हिजो प्रदर्शनको क्रममा प्रहरीले बल प्रयोग गरे पछि नेपाल बारले आज प्रधा...