काठमाण्डाै - निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सर्वोच्च अदालत फर्कनसक्ने चर्चापछि सर्वोच्च अदालत परिसरमा प्रहरीको उपस्थिति बढाइएको छ । सर्वोच्च परिसरमा अघिल्ला दिनहरुको तुलनामा आज प्रहरीको सङ्ख्या धेरै छ ।
प्रतिनिधि सभाको कार्यकाल सकिएसँगै महाअभियोग प्रस्ताव निष्क्रिय भएको व्याख्यासहित जबरा सर्वोच्च अदालत फर्किन सक्ने अनुमान गरिएको छ । तर नेपाल बारका पदाधिकारी तथा वकिलहरुले जबरा आउन खोजेमा प्रवेश गर्न नदिने बताएका छन् ।
गएको फागुन १ गते सत्ता गठबन्धनका ९७ जना सांसदले २१ बुँदे आरोपसहित महाअभियोग लगाएपछि...