धादिङ-पहाडी जिल्ला धादिङमा २०७२ वैशाखको भूकम्पले ठूलो क्षति पु-यायो । जिल्लाका ग्रामीण क्षेत्रका अधिकांश मौलिक डिजाइनका घर भत्किए । दुःख गरेर आफ्नै खर्चमा माटो सुहाउँदो घर बनाएका स्थानीय त्यसमै सन्तुष्ट पनि थिए । अधिकांश घरहरू दुई तले थिए भने केही घरहरू मात्र एक तले नै भए पनि हेर्दा चिटिक्क देखिन्थे र उत्तिकै कामयावी पनि । […]