सिन्धुपाल्चोक : आवास निर्माण बापतको अनुदान रकमको किस्ता रोकिँदा सिन्धुपाल्चोकका भूकम्पपीडित मर्कामा परेका छन् । किस्ता आउला र उधारो तिरौंला भनेर घर पुनर्निर्माण सेकेका उनीहरु किस्ता रोकिँदा मारमा परेका हुन्।गत फागुन मसान्तमा भुक्तानी पाएका उनीहरुले चैत १ गतेदेखि किस्ता बापतको रकम पाएका छैनन्। अनुदानका लागि निवेदन दिएर उक्त फाइल भुक्तानीका लागि चेक बन्ने प्रक्रियासम्म पुग्न एक महिनाभन्दा बढी समय लाग्छ। फागुनमसान्तपछि किस्ता रोकिंदा पुसमा आवास निर्माण सकेका लाभग्राहीले समेत अझैसम्म रकम पाएका छैनन्