भर्चुअल मुद्रा (क्रिप्टो करेन्सी)को कारोबार गरेको आरोपमा पक्राउ परेका विश्वराम श्रेष्ठलाई अदालतले धरौटीमा रिहा गर्न आदेश गरेको छ । काभ्रेको मण्डनदेउपुर गाउँपालिका–७ घर भएका विश्वराम श्रेष्ठ जिल्ला अदालतले मागेको ६ लाख धरौटी बुझाएर छुटेका हुन् । साउन १ मा जिल्ला प्रहरी परिसर काठमाडौंले श्रेष्ठलाई पक्राउ गरेको थियो । अनुसन्धानबाट श्रेष्ठले क्रिप्टो करेन्सी तथा विदेशी मुद्राको कारोबार गरेको देखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । क्रिप्टोलाई