सर्लाही, ६ बैशाख । सर्लाहीको कौडेना गाउँपालिकाका ५ सय विपन्न परिवारलाई बुधबार ग्यास सिलिण्डर र ग्यास चुलो वितरण गरिएको छ। नेपाल-भारत महिला मैत्री समाज काठमाण्डौंले कौडेना बजारमा एक कार्यक्रम गरी ग्यास सिलिण्डर र चुलो वितरण गरेको हो। भारत सरकारको सहयोगमा महिला मैत्री समाजले ग्यास सिलिण्डर, चुलो, रेगुलेटर, पाइप र लाइटरलगायतका सामग्री वितरण गरेक जनाएको छ। […]