एनएमबि बैंक लिमिटेडले नेदरल्याण्ड डेभलपमेन्ट अर्गनाईजेशन (एसएनभी) को रिजल्ट बेस्ड फाइनान्सिङ परियोजना अन्तर्गत ५ हजार ७२८ सुधारिएको चुल्हो वितरण गरेको छ । परियोजना अन्तर्गत नेपालमा सुधारिएको चुल्हो वितरण गरेर ग्रामीण भेगका जनताहरूको जीवनस्तर सुधार गर्ने उद्देश्यका साथ एसएनभीसँग बैंकले सहकार्य गरेर सुदूरपश्चिम र कर्णालीका विभिन्न ग्रामीण भेगमा सुधारिएको चुल्होहरू वितरण गरेको हो ।बैंकले परियोजनासँग मिलेर उक्त परियोजनाको लागि कोष व्यवस्थापकको रूपमा काम गरेको थियो । बैंकको लघुवित्त विभागले एसएनभीसँग