नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जनकुमार झाले रेल सञ्चालनको लागि अर्थ मन्त्रालयले असहयोग गरेको गुनासो गरेका छन् । महाप्रबन्धक झाले मन्त्रिपरिषद्ले भारतीय केआरसीएल कम्पनीसँगको सम्झौतामा लाग्ने रकम अर्थ मन्त्रालयले दिने निर्णय गरे पनि मन्त्रालयले सम्झौताबमोजिमको रकम नदिएको गुनासो गरेका हुन् ।