काठमाण्डाै - धनुषाको इनर्वा स्टेशनमा राखिएको नेपाली रेल आजदेखि सञ्चालन हुँदैछ। जयनगर–कुर्था रेलमार्गमा आज बिहान १० बजेदेखि रेल सञ्चालन हुने भएको हो ।
भारतको जयनगर हुँदै जनकपुरधाम–कुर्थासम्म गुड्ने रेल आज पुनः जयनगर नै फर्किनेछ ।
उद्घाटन नभएसम्मको लागि यात्रु विना नै रेल चलाउन लागिएको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिनुभयो । रेल कुद्ने भएपछि लिकमा हाटबजार लगाउन तथा आवतजावतमा रोक लगाइएको छ ।
रेलवे लिक क्रस गरी बनाइएको बाटो पनि बन्द गरिएको छ । जयनगरद...