आएदेखि अर्थ मन्त्रालय धाइरहेकाे छु, रेल चलाउन १ रुपैयाँ पनि पाएका छैनाैँ : महाप्रबन्धक झा

काठमाण्डाै – नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जनकुमार झाले रेल चलाउनका लागि अर्थ मन्त्रालयले असहयोग गरेको गुनासो गर्नुभएको छ । महाप्रबन्धक झाले मन्त्रिपरिषद्ले भारतीय केआरसीएल कम्पनीसँगको सम्झौतामा लाग्ने रकम अर्थ मन्त्रालयले दिने निर्णय गरे पनि मन्त्रालयले सम्झौताअनुसारकाे रकम नदिएको गुनासो गर्नुभएको हो ।  आज बिहीवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले २०७७ साल फागुन ४ गते मन्त्रिपरिषद्ले गरेको निर्णयमा रकम दिनलाई मन्त्रालयले बेवास्ता गरेको बताउनुभयो । महाप्रबन्धक झाले कम्पनीमा महाप्रबन्धक भएको एक वर्ष पुग्न ...