रेल नचल्दा घाटा, चले दिनकै ७ लाख घाटा

काठमाडौं । भारतको जयनगरदेखि जनकपुरको कर्थासमेत रेल चलाउन दिनकै १० लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने देखिएको छ । ३४ दशमलव ९ किमि दूरीमा चल्ने रेलमा काम गर्ने भारतीय प्राविधिकलाई धेरै तलब सुविधा दिएर ल्याउनुपर्ने भएपछि खर्च बढी हुनेछ । नेपाली प्राविधिक तयार नहुँदासम्म खर्च कम हुन कठिन रहेको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए […]

सम्बन्धित सामग्री

घट्दै छ गहुँ उत्पादनको क्षेत्रफल

काठमाडौं । उत्पादनको हिसाबले गहुँ नेपालको तेस्रो प्रमुख खाद्य बालीमा पर्छ । उत्पादनको प्रचुर सम्भावनासमेत बोकेको तेस्रो प्रमुख खाद्य बाली उत्पादन हुने जमीनको क्षेत्रफल भने वर्षेनि घट्दै गएको देखिन्छ । पछिल्लो ७ वर्षमा नेपालमा गहुँखेती हुने जमीनको क्षेत्रफल ५१ हजार ३०० हेक्टरले घटेको सरकारी तथ्यांक छ । लागतअनुसार उत्पादन नहुनु र अन्य बालीको तुलनामा गहुँ भित्र्याउन झन्झटिलो प्रक्रिया हुनुलाई गहुँ उत्पादन हुने जमीनको क्षेत्रफल घट्नुको प्रमुख कारण मानिएको छ । खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी आफूले जानेदेखि नै गहुँखेतीलाई घाटा खेतीका रूपमा हेर्ने गरिएको सम्झन्छन् । ‘हिजोका दिनमा किसानसँग अर्को विकल्प थिएन । त्यसैले घाटा नै भए पनि बाध्य भएर गहुँखेती गर्थे । अहिले छोटो समयमै नाफा दिने अन्य बालीका विकल्प किसानसँग छन्, जसले गर्दा गहुँ उत्पादनमा किसानको विकर्षण धेरै छ,’ उनले भने, ‘गहुँबाट धानजस्तो सहज तरीकाले दाना निकाल्न कठिन छ । पहाडी क्षेत्रमा थ्रेसिङ मेशिन पुग्न सकेका छैनन् । हिउँदे बाली भएकाले समयमा सिँचाइको व्यवस्था पनि गर्न सकिँदैन ।’ उन्नत जातको बीउ र मलको अभाव पनि किसानले भोग्नुपरेको उनले बताए । ‘यसले गर्दा गहुँ उत्पादन हुने जमीनको क्षेत्रफल विस्तार हुन सकेको छैन,’ उनले आर्थिक अभियानसँग भने । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार आर्थिक वर्ष (आव) २०७१/७२ मा नेपालमा कुल ७ लाख ६२ हजार ३७३ हेक्टर जमीनमा गहुँखेती गरिएको थियो । त्यस वर्ष १९ लाख ७५ हजार ६२५ मेट्रिक टन गहुँ उत्पादन भएको थियो । आव २०७७/७८ सम्म आइपुग्दा उत्पादनको क्षेत्रफल ५१ हजार ३०६ हेक्टरले घटेर ७ लाख ११ हजार ६७ हेक्टर कायम भएको छ । उत्पादन भने बढेर २१ लाख २७ हजार २६७ मेट्रिक टन पुगेको देखिन्छ । यद्यपि यो उत्पादन अपेक्षाअनुरूप नभएको मन्त्रालयको भनाइ छ । आव २०७७/७८ को तथ्यांकअनुसार धानबालीले कुल खेती हुने जमीनमध्ये ५० दशमलव ५६ प्रतिशत, मकै बालीले २६ दशमलव ९६ प्रतिशत र गहुँबालीले १९ दशमलव १३ प्रतिशत ओगटेको छ । उत्पादनको हिसाबले तेस्रो प्रमुख बाली भए पनि गहुँखेती हुने जमीनको क्षेत्रफल घट्दै गएर अपेक्षाकृत उत्पादन हुन नसक्दा वर्षेनि अर्बौं रुपैयाँको गहुँ आयात गर्नुपर्ने बाध्यता छ । गत आवमा नेपालमा ६ अर्ब ३२ करोड रुपैयाँभन्दा बढीको १ लाख ९१ हजार मेट्रिक टन गहुँ आयात भएको भन्सार विभागको तथ्यांक छ । नेपालमा मुख्य गरी भारतबाटै गहुँ आयात गर्ने गरिन्छ । नेपालमा अहिले भइरहेको गहुँ उत्पादन खाद्य प्रयोजनका लागि पर्याप्त भएको बताइन्छ । विदेशबाट आयात हुने सबै गहुँ औद्योगिक प्रयोजनमा प्रयोग गरिन्छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक शाखाका प्रमुख रामकृष्ण रेग्मीले जमीनको खण्डीकरण भएर खेतीयोग्य क्षेत्रफल घट्दै गएको र उत्पादन लागतअनुसारको नाफा नहुने भएकाले गहुँखेतीतर्फ किसानको आकर्षण घट्दै गएको बताए । उनका अनुसार नेपालमा भात खाने चलन निकै पुरानो छ । अझ पछिल्लो समय पहाडी र हिमाली क्षेत्रमा पनि भात खाने संस्कृति बढ्दै गएकाले पनि धानखेतीतर्फ बढी र गहुँखेतीमा कम आकर्षण रहेको बताइन्छ । गहुँ उत्पादन बढाउन सरकारले नै विशेष पहल थाल्नुपर्ने अभियानका संयोजक अधिकारी बताउँछन् । गहुँकै लागि भनेर उच्च अनुदान दिने, गहुँ पकेट क्षेत्र विस्तार गर्ने, यन्त्र उपकरणको सहज पहुँच बढाउने र मल तथा उन्नत जातका बीउको सर्वसुलभता प्रदान गर्नेतर्फ सरकार अग्रसर भए किसानलाई गहुँखेतीतर्फ आकर्षित गर्न सकिने उनको भनाइ छ ।

नेपालको १४ खर्बभन्दा बढी व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्ष २०७८-७९ को पहिलो दश महिनामा नेपालको कुल वैदेशिक व्यापार १७ खर्ब ७८ अर्ब ७ लाख २९ हजार रुपैयाँ पुगेको छ । भन्सार विभागका अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिमा तुलनामा यस वर्ष कुल वैदैशिक व्यापार ३०.४९ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०७७-७८ को पहिलो दश महिनामा नेपालको कुल […] The post नेपालको १४ खर्बभन्दा बढी व्यापार घाटा appeared first on राजधानी राष्ट्रिय दैनिक.

रेल नचल्दा घाटा, चले दिनकै ७ लाख घाटा

भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म रेल चलाउन दिनकै १० लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने देखिएको छ । ३४ दशमलव ९ किमि दूरीमा चल्ने रेलमा काम गर्ने भारतीय प्राविधिकलाई धेरै तलब सुविधा दिएर ल्याउनुपर्ने भएपछि खर्च बढी हुने देखिएको हो । भारतबाट ल्याउन लागिएका २६ जना प्राविधिकको दिनको खर्च ३ लाखभन्दा बढी हुनेछ ।

रेल नचल्दा घाटा, चले दिनकै ७ लाख घाटा

भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म रेल चलाउन दिनकै १० लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने देखिएको छ । ३४ दशमलव ९ किमि दूरीमा चल्ने रेलमा काम गर्ने भारतीय प्राविधिकलाई धेरै तलब सुविधा दिएर ल्याउनुपर्ने भएपछि खर्च बढी हुने देखिएको हो । भारतबाट ल्याउन लागिएका २६ जना प्राविधिकको दिनको खर्च ३ लाखभन्दा बढी हुनेछ ।

युएईसँग नेपालको व्यापार घाटा साढे ३१ अर्बभन्दा बढी

काठमाडौं।खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स (युएई)सँग नेपालको व्यापार घाटा ३१ अर्ब ६७ करोड ९८ लाख ५५ हजार रुपैयाँ पुगेको छ।भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७७/७८ को साउन देखि जेठसम्मको ११ महिनाको अवधिमा युएईबाट ३२ अर्ब २ करोड ६ लाख ४८ हजारको वस्तु नेपाल भित्रिएको छ।नेपालबाट सो अवधिमा मत्र ३४ करोड ७ लाख ९३ हजार रुपैयाँको वस्तु गएको छ।

युएईसँग नेपालको व्यापार घाटा साढे ३१ अर्बभन्दा बढी

काठमाडौं।खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स (युएई)सँग नेपालको व्यापार घाटा ३१ अर्ब ६७ करोड ९८ लाख ५५ हजार रुपैयाँ पुगेको छ।भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७७/७८ को साउन देखि जेठसम्मको ११ महिनाको अवधिमा युएईबाट ३२ अर्ब २ करोड ६ लाख ४८ हजारको वस्तु नेपाल भित्रिएको छ।नेपालबाट सो अवधिमा मत्र ३४ करोड ७ लाख ९३ हजार रुपैयाँको वस्तु गएको छ।

कोरोनाको कारण सल्यानका करीब १ हजार ४०० उद्योग बन्द

जेठ ३०, सल्यान । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सल्यानका झण्डै १ हजार ४०० उद्योग बन्द भएका छन् ।  जिल्लामा कोरोना भाइरसको संक्रमण दर बढ्दै गएपछि सरकारले जारी गरेको निषेधाज्ञाका कारण जिल्लामा रहेका घरेलु तथा साना गरेर झण्डै १ हजार ४०० उद्योग बन्द भएका हुन् ।  जिल्लामा घरेलु तथा साना उद्योगका रूपमा सञ्चालित फर्निचर, ग्रिल, गार्मेन्ट, टिमुर, अदुवा प्रशोधन उद्योग, बुटिक, सिलाइकटाइ लगायतका उद्योग ठप्प भएका हुन् । बन्गाडकुपिण्डे नगरपालिका–९ सेराका पूर्णबहादुर बुढाथोकीले गाउँमै पाँच वर्षदेखि टिमुर बेसार र अदुवा प्रशोधन उद्योग सञ्चालन गर्दै आएका छन् । वार्षिक झन्डै ३० हजार प्याकेट मसला उत्पादन गर्दै आएको उद्योग विगत केही महीनायता बन्द रहेको छ ।  कोरोनाका कारण गत वर्ष पनि मुस्किलले ६ महीना चलेको उद्योग राम्ररी नफस्टाउँदै फेरि बन्द गर्नुपरेको उनको भनाइ छ । प्रशोधन उद्योग बन्द हुँदा किसानले उत्पादन गरेका सामग्रीहरू घरमै थन्किएको बुढाथोकीले बताए । महामारीले फर्निचर उद्योग बन्द हुँदा व्यवसाय नै धरापमा परेको कालीमाटी गाउँपालिका–३ का महेश भण्डारीले बताए । उनले गाउँमा फर्निचर उद्योग सञ्चालन गरी मासिक ५० हजार रुपैयाँसम्म कमाइ गर्दै आएका थिए । शारदा नगरपालिका–१ श्रीनगरमा सञ्चालन गरिएको भण्डारी गार्मेन्ट पनि दुई महीनादेखि बन्द छ । उद्योग बन्द भएपछि मासिक ३ लाख रुपैयाँ घाटा सहनु परेको गार्मेन्टका सञ्चालक वीरेन्द्र भण्डारीले बताए । ‘अब त बैंकको ब्याज तिर्न पनि समस्या भयो,’ उनले भने, ‘उद्योगमा ताला लाग्दा कर्मचारी र परिवार पाल्न हम्मेहम्मे परेको छ ।’ कोरोनाका कारण गत वर्ष पनि मुस्किलले ६ महीना चलेको उद्योग राम्ररी नफस्टाउँदै फेरि बन्द गर्नुपरेको उनले गुनासो गरे । उद्योग बन्द भएपछि उत्पादित सामग्री थन्क्याउनु पर्ने बाध्यता भएको सदरमुकामस्थित खैराबाङी फर्निचर उद्योगका सञ्चालक राजु गौतमले बताए । उनका अनुसार दुई महीना उद्योग बन्द हुँदा झन्डै ७ लाख रुपैयाँको घाटा भएको छ । ‘पुरानै गतिमा उद्योग चलाउन निषेधाज्ञा खुले पनि चार/पाँच महीना पर्खिनुपर्छ,’ उनले भने, ‘कच्चा पदार्थ काम नलाग्ने अवस्थामा पुगेको छ ।’  उनले सदरमुकामका चार विषयगत कार्यालयका लागि निर्माण गरिएका फर्निचर उद्योगमै थन्किएको बताए । जिल्लामा रहेका उद्योग बन्द हुँदा झन्डै २ हजार ५०० मजदूरको रोजगारी गुमेको छ ।

भारतसँग दश महिनामा ७ खर्ब ३६ अर्बभन्दा बढी व्यापार घाटा

काठमाडौं।भारतसँग चालु आर्थिक वर्ष २०७७/७८को पहिलो दश महिनामा ७ खर्ब ३६ अर्ब ३० करोड ३२ लाख ८५ हजार रुपैयाँ व्यापार घाटा नेपालले व्यहोर्नु परेको छ।भन्सार विभागका अनुसार सो अवधिमा नेपालले भारतमा मात्र ७९ अर्ब ३२ करोड ७४ लाख ५६ हजार रुपैयाँको सामाग्री निर्यात गरेको छ।भारतबाट ८ खर्ब १५ अर्ब ६३ करोड ७ लाख ४२ हजारको सामाग्री नेपाल आएको छ।