एमसीसी नेपालले नै प्रस्ताव गरेको परियोजना हो, यसबारे हामी सकारात्मक हुनुपर्छ : गृहमन्त्री खाण

गाेरखा – गृहमन्त्री बालकृष्ण खाणले एमसीसी नेपालले नै प्रस्ताव गरेको विकास परियोजना भएकाले यसबारे सबै नेपालीले सकारात्मक हुनुपर्ने बताउनुभएकाे छ ।  गोरखामा पत्रकारहरुसँग कुरा गर्दै उहाँले एमसीसीका बारेमा सत्तागठबन्धनका दलहरुबीच साझा धारणा बनाउन पहल भैरहेको जानकारी दिनुभयो । संसदबाट उक्त प्रस्ताव पास गर्नुपर्नेमा पनि उहाँको जोड छ ।उहाँले एमसीसी प्रस्ताव संसदमा पेस गर्नका लागि साइत हेरिरहनु नपर्ने पनि बताउनुभयाे । ‘एमसीसी नेपालले नै प्रस्ताव गरेको विकास परियोजना हो, यसमा हामी सबै...

सम्बन्धित सामग्री

एमसीसी सम्झौता संसदबाट अनुमोदन

काठमाडौँ– प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन भएको छ। आइतबारको प्रतिनिधिसभा बैठकबाट एमसीसी परियोजना बहुमतले पारित भएको हो। सम्झौतालाई सभामुख अग्निप्रसाद सापकोटाले ध्वनी मतका साथ पास भएको घोषणा गरेका हुन्। यसका साथै व्याख्यात्मक प्रस्ताव अनुमोदन भएको उनले घोषणा गरे। आइतबारको प्रतिनिधि सभाको दोस्रो बैठकमा व्याख्यात्मक घोषणामाथिको छलफल सकिएसँगै एमसीसी पारित भएको हो। प्रमुख प्रतिपक्षी दल […]

एमसीसी प्रतिनिधि सभाबाट अनुमोदन

काठपमाडौं । प्रतिनिधिसभा बैठकले अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गरेको छ । आइतबार प्रतिनिधिसभाको बहुमतले एमसीसी सम्झौता अनुमोदन गरेको हो । सरकारको तर्फबाट अर्थमन्त्री जर्नादन शर्माले ब्याख्तात्मक प्रस्तावसहित प्रस्ताव अनुमोनदका लागि पेश गर्नु भएको थियो । बैठकले ध्वनीमतका आधारमा सो प्रस्ताव अनुमोदन गरेको हो । प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले […]

एमसीसी विशुद्ध आर्थिक परियोजना भएको ग्यारेन्टी गर्न देव गुरुङको माग

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले एमसीसी विशुद्ध आर्थिक परियोजना भएमात्रै अघि बढ्न सक्ने बताएका छन् । अर्थमन्त्री जनार्दन शर्माले एमसीसी प्रस्ताव छलफलका लागि संसदमा पेश गरेलगत्तै चार दलका बीचमा भएको सहमतिसहित एमसीसी छलफलमा ल्याउन आग्रह गरे । ‘दलहरूका बीचमा एमसीसीको व्याख्यात्मक घोषणा भएको भनिएको छ । सामान्यतया यो सम्झौतामा संशोधनको प्रक्रिया देखिँदैन । विरोधको सूचना दिने प्रक्रिया पनि देखिँदैन । संशोधनका लागि १२० घण्टे व्यवस्था पनि देखिँदैन’, गुरुङको भनाइ छ ।

ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव : सबैको सहमतिमा एमसीसी अनुमोदन गरौं

१३ फागुन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी सबैको सहमतिमा अनुमोदन गर्न प्रस्ताव गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा भएको छलफलमा देउवाले अधिकतम सहमतिबाट एमसीसी अनुमोदनमा जोड दिएका थिए । तर एमाले अध्यक्ष ओलीले पुरानै अडान राखेका छन् । अहिलेको अवस्थामा संसदमा आएर आफ्नो धारणा राख्ने वातावरण नभएको उनले […]

सदनमा एमसीसी पेश भएपछि सडकमा आक्रोश (फोटोफिचर)

अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमोदनको प्रस्ताव प्रतिनिधि सभामा पेश भएपछि संसद भवन बाहिर एमसीसीको विरोध प्रदर्शन चर्किएको छ।...

एमसीसी निर्वाचन पछि धकेल्न प्रचण्ड–नेपालको प्रस्ताव

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनसम्मका लागि एमसीसी अगाडि नबढाउन प्रस्ताव गरेको जानकारी प्राप्त भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले चालु संसद्बाटै अमेरिकी सहयोग परियोजना मिनेलियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्ने तयारी गरिरहेको बेला दाहाल र नेपालको […]

एमसीसी पास हुनुपर्छ, गठबन्धनमा छलफल गरेरै हुन्छः गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी नेपालले प्रस्ताव गरेको बिकास परियोजना भएकाले सदनबाट पास गर्नुपर्ने बताएका छन्।...