नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले एमसीसी विशुद्ध आर्थिक परियोजना भएमात्रै अघि बढ्न सक्ने बताएका छन् । अर्थमन्त्री जनार्दन शर्माले एमसीसी प्रस्ताव छलफलका लागि संसदमा पेश गरेलगत्तै चार दलका बीचमा भएको सहमतिसहित एमसीसी छलफलमा ल्याउन आग्रह गरे । ‘दलहरूका बीचमा एमसीसीको व्याख्यात्मक घोषणा भएको भनिएको छ । सामान्यतया यो सम्झौतामा संशोधनको प्रक्रिया देखिँदैन । विरोधको सूचना दिने प्रक्रिया पनि देखिँदैन । संशोधनका लागि १२० घण्टे व्यवस्था पनि देखिँदैन’, गुरुङको भनाइ छ ।