माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बहुदलपछि कार्यकारी पदमा बसेका सबैको सम्पत्ति छानबिन हुने बताएका छन्। आगामी मङ्सिरमा हुने प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनका सम्बन्धमा सोमबार घोषणापत्र सार्वजनिक गर्दै उनले आफ्नो पार्टीले बहुदलपछि विशिष्ट पदमा बसेका सबैको सम्पत्ति छानबिन गर्ने बताए।