उच्च तहका नेताहरुको सम्पत्ति छानबिन गर्न काँग्रेस उपसभापति गुरुङको माग

काठमाडौं : नेपाली काँग्रेसका उपसभापति एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले उच्च तहका नेताहरुको सम्पत्ति छानबिन गर्न छानबिन समिति आयोग गठन गर्नुपर्ने बताएका छन्। मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले फरक काँग्रेसीहरुले राजनीतिक दलका उच्च तहका नेताहरुको सम्पत्ति विवरण छानबिन गर्न सरकारसँग आग्रह गर्नुपर्ने बताएका हुन्।उनले उच्च तहका नेताहरुको सम्पत्ति छानबिन गरी रुपान्तरणको अभियान शुरु गर्नुपर्ने बताए। उनले उच्च तहका न